विराटनगरमा पूर्व कप्तान पारस खड्काको उपस्थितिमा मिट एण्ड ग्रीट कार्यक्रम

विराटनगरमा पूर्व कप्तान पारस खड्काको उपस्थितिमा मिट एण्ड ग्रीट कार्यक्रम

विराटनगर । विराटनगरमा एक्स्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसले मिट एण्ड ग्रीट कार्यक्रम आयोजना गरेको छ।

शुक्रबार नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको उपस्थितिमा कार्यक्रम आयोजना गरेको हो।

उक्त कार्यक्रममा एक्स्पर्ट एजुकेशनका विद्यार्थी र नेपाल क्रिकेट सङ्घका सचिव एवम् एक्सपर्ट एजुकेसनका ब्रान्ड एम्बास्डर पारस खड्काबीच अन्तरक्रिया भएको एक्स्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेस विराटनगर शाखाले जनाएको छ।

ब्रान्ड एम्बास्डर पारस खड्काले एक्सपर्टको ट्रयाक रेकर्ड राम्रो रहेको बताउँदै विगत ७ वर्षदेखि यस संस्थासँग आबद्ध भएर कार्य गरिरहेको बताए । खड्का भने विराटनगर शाखामा पहिलो पटका आएका हुन्।

ब्रान्ड एम्बास्डर खड्काले आफ्नो जीवनको अनुभव,नेपाली क्रिकेटको बारेमा केही महत्वपूर्ण जानकारी तथा एक्स्पर्ट एजुकेशनको बारेमा बताएका थिए। अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट एजुकेशनको विश्वका २० वटा देशमा नेपालसहित ६५ भन्दा बढी शाखा कार्यालयहरू सञ्चालनमा रहेको छ।

कोशी प्रदेशको विराटनगर, इटहरी,बिर्तामोड, दमक र धरानमा शाखाहरू सञ्चालनमा रहेको एक्स्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेसले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्