विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
भारतबाट नयाँ मूल्यसूची आएपछि नेपाल आयल निगमले पेट्रोलमा १ रुपैयाँ र डिजेल/मट्टितेलमा १-१ रुपैयाँ घटाएको हो।
नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य १७१ रुपैयाँ कायम भएको छ। भने डिजेल र मट्टितेलको मूल्य १५८ रुपैयाँ कायम भएको छ। खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ।
आज राति १२ बजेदेखि नयाँ मूल्यसूची लागू निगमले जनाएको छ ।