विराटनगर यु-१० क्रिकेट प्रतियोगिताको उपाधि लर्ड बुद्ध निकेतन स्कुललाई

विराटनगर यु-१० क्रिकेट प्रतियोगिताको उपाधि लर्ड बुद्ध निकेतन स्कुललाई

विराटनगर । मेरिल्याण्ड क्रिकेट एकेडेमीले आयोजना गरेको यु-१० क्रिकेट प्रतियोगिताको उपाधि लर्ड बुद्ध निकेतन स्कुलले जितेको छ।

मेरिल्याण्ड क्रिकेट एकेडेमीको ट्रेनिङ ग्राउन्डमा शनिबार भएको फाइनल खेलमा मदर्स प्राइड स्कुललाई २४ रनले पराजित गर्दै लर्ड बुद्ध निकेतनले उपाधि जितेको हो।

निर्धारित ८ ओभरको खेलमा लर्ड बुद्ध निकेतन स्कुलले सबै विकेट गुमाउदै ८६ रनको योगफल तयार पारेको थियो ।

८६ रनको लक्ष्य पाएको मदर्स प्राइड स्कुलले निर्धारित ८ ओभरमा सबै विकेट गुमाउदै ६२ रन बनाएको थियो।

विराटनगरमा पहिलो पटक आयोजना भएको अन्डर १० जुनियर क्रिकेट प्रतियोगितामा १० वटा स्कुलको सहभागिता रहेको आयोजकले जनाएको छ।

उक्त खेलको रोमाञ्चकता कायम राख्दै सुरक्षा सुनिश्चित गर्दै नरम रबर र प्लास्टिक बलले खेल खेलाईएको थियो।

उक्त प्रतियोगिताको उद्घाटन नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान समेत रहिसकेका नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्काले गरेका थिए।

प्रतियोगीताको विजेतालाई ट्रफी,मेडल र प्रमाणपत्र मेरिल्याण्ड क्रिकेट एकेडेमीका प्रशिक्षक प्रदिप राज पाण्डेले पुरस्कार वितरण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्