आवर विराटनगरका समाचार संयोजक देवानसहित चार संचारकर्मी सम्मानित

आवर विराटनगरका समाचार संयोजक देवानसहित चार संचारकर्मी सम्मानित

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले आवर विराटनगरका समाचार संयोजक प्रेम देवानसहित विराटनगरका ४ जना पत्रकारलाई सम्मान गरेको छ ।

संघको २५ औं वार्षिक साधारणसभा तथा महिला उद्यम समितिकोे १२ जिल्ला अधिवेशनको अवसर पारेर शनिबार ४ जना पत्रकारलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा हिमशिखर टेलिभिजन मोरङ जिल्ला संवाददाता राकेश कर्ण, ब्लाष्ट खबरका अनिल श्रेष्ठ, आवर विराटनगर डटनेटका समाचार संयोजक प्रेम देवान र मकालु टेलिभिजनका पदम सरदार रहेका छन् । उनीहरूलाई सञ्चार क्षेत्रको माध्यमबाट लघु तथा घरेलु उद्योगको विकास, विस्तार र प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदर स्वरुप सम्मान गरिएको हो । सम्मानित पत्रकारहरूलाई कार्यक्रमका प्रमुख अतिथि एवम् कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री राम कुमार खत्रीले सम्मान-पत्र प्रदान गरे ।

महासंघको २५ औं साधारणसभाको अवसरमा शनिबार पत्रकारहरुसहित महिला उद्यमी र समाजसेवीहरु पनि सम्मानित भएका छन् । सामाजिक सेवामा पुर्‍याएको योगदानको उच्च प्रशंसासहित महासंघले युवा समाजसेवी पेरिस सुवेदी, समाजसेवी लिला ढुङ्गेल र विकल्प एन अल्टरनेटिभका व्यवस्थापक वसन्त अधिकारीलाई सम्मान गरेको छ ।

सफल महिला उद्यमीको रुपमा भने महासंघले मातृभूमि टी-स्टेटकी सञ्चालक बिनाकुमारी लिम्बुलाई सम्मान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्