विराटनगर प्रवेश गर्दै हुनुहुन्छ, सवारीको अधिकतम गति ५० भन्दा बढी भए कारबाही

विराटनगर प्रवेश गर्दै हुनुहुन्छ, सवारीको अधिकतम गति ५० भन्दा बढी भए कारबाही

विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका क्षेत्रमा स्थानीय प्रशासनले सवारीमा गति सिमित नियम लागु गरेको छ ।

कोशी राजमार्ग अन्तर्गत रानी–धरान छलेन सडकको अवस्था कमजोर भएर जताततै उडवखाडब बनेपछि दुर्घटनाको संभाजित जोखिम टार्न स्थानीय प्रशासनले सवारीको गति नियन्त्रण गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता टेककुमार रेग्मीका अनुसार विराटनगर महानगरपालिकाभित्र दुई किमिसको गति तय गरेर सवारी गुडाउनु पर्नेछ । जसमा विराटनगरको ढाटदेखि कन्चनबारीसम्म ५० किलोमिटर प्रतिघण्टा र कन्चनबारीदेखि रोडशेषचौकसम्म ४० किलोमिटर प्रतिघण्टा सिमित राख्नुपर्नेछ ।

विराटनगर महानगरपालिका प्रवेश बिन्दु ढाटदेखि रोडशेषसम्म सात किलोमिटर दुरीमा मात्रै यो नियम लागु गरिएको छ । जसमा ढाट–कन्चनबारी २ किलोमिटर र कन्चनबारी–रोडशेष पाँच किलोमिटर दुरी पर्दछ । यात्रु तथा मालवहाक ठुला, चारपाङ्ग्रे साना तथा मझौला, अटो तथा मोटरसाइकल समेतलाई यो नियम लागु हुने सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता रेग्मीले जानकारी दिनुभयो ।

विराटनगर बजार क्षेत्रमा बारम्बार हुने दुर्घटना न्यूनीकरणका लागि जिल्ला विपद् व्यस्थापन समितिले सवारीको गति नियन्त्रण गर्ने निर्णय गरेको हो । यसको कार्यन्वयन जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले गर्ने प्रवक्ता रेग्मीले जानकारी दिनुभयो ।

अति भीडभाड हुने कन्चनबारीदेखि रोडशेष चौकसम्मको दुरीमा दुर्घटना धेरै हुने गरेका छन् । विराटनगरमा सबैभन्दा बढी दुर्घटना बरगाछी क्षेत्रमा हुँदै आएको छ । चौबाटो रहेको कन्चनबारी, बरगाछी, महेन्द्रचौक र रोडशेष दुर्घटनाका लागि बढी जोखिम स्थान मानिन्छन् । तोकिएको गति भन्दा बढी भएमा ट्राफिक नियम उल्लंघन कसुरमा कारवाहीको भागिदार हुनुपर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्