विराटनगरको एमीटी इन्टरनेशनल स्कुलले वार्षिकोत्सव मनायो

विराटनगरको एमीटी इन्टरनेशनल स्कुलले वार्षिकोत्सव मनायो

विराटनगर । विराटनगर-८ मधुमारास्थित एमीटी इन्टरनेशनल स्कुलले वार्षिकोत्सव र अभिभावक दिवस मनाएको छ ।

विराटनगरमा सोमबार एक भव्य कार्यक्रम आयोजना गरी स्कुलको वार्षिकोत्सव र अभिभावक दिवस मनाएको हो ।

उक्त कार्यक्रममा प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी,कोबास कलेजका प्रिन्सिपल सुनिल श्रेष्ठ,एमीटी इन्टरनेशनल स्कुलका प्रिन्सिपल विजय सिंह गनगाई लगायतका सहभागिता रहेको थियो।

सोही अवसरमा विद्यार्थीहरुले विज्ञान प्रदर्शनी, साँस्कृतिक नृत्य, गायन र नाटक प्रस्तुत गरी सहभागि भएका अभिभावक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन प्रदान गरे ।

उक्त कार्यक्रममा २५० जनाको सहभागिता रहेको स्कुलले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्