महिलालाई आत्मनिर्भर बनाउनका लागि विराटनगर महानगरपालिकाद्धारा बीउ पुजी

<span class='c1'>महिलालाई आत्मनिर्भर बनाउनका लागि</span> <span class='c2'>विराटनगर महानगरपालिकाद्धारा बीउ पुजी</span>

विराटनगर । विराटनगर महानगरपालिकाले घरेलु हिंसामा परेका महिलाहरु साथै काम चाहाने महिलालाई बीउ पुजी दिएर आत्मनिर्भर बन्नका निमित्त प्ररित गर्दै आइरहेको छ ।

महानगरले अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर घरेलु हिंसामा परेका साथै केही काम गर्न चाहाने महिलाहरुलाई बीउ पुजी दिएर आत्मनिर्भर बन्नका लागि प्ररित गर्दै आइरहेको महानगरका उप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिइन् ।

‘महिलाले श्रीमान घरपरिवारबाट अपहेलित हुुनुनपर्ने र त्यही घरमा बस्नुपर्ने बाध्यता छ । महिला आफैमा आत्मनिर्भर नभएर पनि त्यस्तो बाध्यता आएको हो,’ उनले भनिन्,‘यस्ता थुप्रै महिलाहरुलाई बीउ पुजी दिएर सानोसानो काममा जोडाउने काम विराटनगर महानगरपालिकाले गर्न थालेको छ ।’ यो पटक महानगरले करिब २० जनालाई बीउ पुजी प्रदान गरिएको उप्रमुख कार्कीले जानकारी दिइन् ।

‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी ’ अन्तराष्ट्रिय नारी दिवसको नाराको आधारमा महानगरले महिलाको क्षेत्रमा काम गरेको उप्रमुख कार्कीको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्