विराटनगर । दलित अधिकारको संरक्षण सम्बद्र्धन एवम समतामुलक समाज निर्माणमा टेवा पुर्याउने एक जना दलित अधिकारकर्मीलाई विराटनगरमा भव्य रुपमा सम्मान गरिएको छ ।
मानव अधिकारका लागी स्रोत विकास मञ्च ( रिडेफ नेपाल) ले ५९ औँ अन्तराष्ट्रिय जातिय विभेद तथा रंगभेद उन्मूलन दिवसको अवसरमा सोमबार विराटनगरमा ईटहरीका दिनेश रसाईलीलाई कदरपत्र सहित सम्मान गरिएको हो ।
रसाईलीले दलित तथा सिमान्तकृत समुदायको हक अधिकार सुनिश्चित गरी समाजमा अहम भुमिका खेलेको भन्दै उनको उच्च मुल्याङकन गरी सम्मान गरिएको हो ।
रसाईलीलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, रिडेफ नेपालका अध्यक्ष उमेश विश्वकर्मा लगायतले कदरपत्र प्रदान गरी सम्मान गरेका थिए । साथै रिडेफ नेपालले विराटनगरमा कोशी प्रदेशका दलित जनप्रतिनीधीहरुको दुईदिने तेस्रो प्रदेश सम्मेलन भईरहेको छ ।