नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी पहिलो कप्तान नेरीले लिइन् सन्यास

<span class='c1'>नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी</span> <span class='c2'>पहिलो कप्तान नेरीले लिइन् सन्यास</span>

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमकी पूर्व कप्तान नेरी थापाले सन्यास लिएकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत नेरीले आफ्नो १७ वर्षिय क्रिकेट करियरलाई विश्राम दिएको घोषणा गरिन् । उनी नेपाली महिला क्रिकेट टिमकी पहिलो कप्तान हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा सोमबार राति नेरीले लेखेकी छन् ‘खेलबाट सन्यास लिएको हो । तर सम्झनाबाट होइन । मेरो यात्रामा मलाई साथ दिने र उत्प्रेरित गर्ने सबैलाई म धन्यवाद दिन्छु । म विशेष गरी मेरो परिवारलाई धन्यवाद दिन्छु जसले मलाई यात्रामा सधैं साथ दिनुभयो । मलाई आशा छ यो यात्रा क्रिकेटमा संन्यास होस् तर जीवनमा होइन ।’
बाँकेबाट राष्ट्रिय क्रिकेटमा पाइला अघि बढाएकी नेरीको कप्तानीमा नेपालले सन् २००७ मा एसीसी महिला च्याम्पियनसिप खेलेको थियो । त्यो नै महिला सिनियर क्रिकेट टिमले खेलेको अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।
नेरीको कप्तानीमा यु–१९ महिला राष्ट्रिय टिमले २००८ र २०१० एसीसी यु–१९ महिला च्याम्पियनसिपको उपाधि पनि जितेको थियो । नेरी घरेलु क्रिकेटमा शतक बनाउने पहिलो महिला खेलाडी पनि हुन् । उनले तत्कालिन क्षेत्रनम्बर ५ बाट खेल्दै काठमाडौंविरुद्ध शतक बनाएकी थिइन् ।

२०७० सालमा शतक बनाउँदा उनले काठमाडौंविरुद्ध १२१ रन जोडेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्