कथाकार परशु प्रधानको निधन

<span class='c1'>कथाकार परशु</span> <span class='c2'>प्रधानको निधन</span>

काठमाडौं । साहित्यकार तथा कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा सोमबार राति निधन भएको छ ।

बानेश्वरस्थित निजी निवासमा गएराति उनको निधन भएको हो ।

उनको शव अहिले श्रद्धाञ्जलीका लागि राखिएको छ । उनका छोरा प्रतीक प्रधानका अनुसार विहान ९ः३० बजे पशुपति आर्यघाटमा अत्येष्टि गर्ने तयारी छ ।
भोजपुरमा वि.सं. २००० सालमा जन्मिएका स्वर्गीय प्रधानले ०१६ सालमा ‘जीवनपथ’ कविताबाट साहित्यक यात्रा आरम्भ गरेका थिए ।
उनका ‘वक्ररेखा, फेरी आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाह?, यौटा क्रान्तिपु?षको जन्म, कथा र रचनागर्भ, उत्तराद्र्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानका उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया लगायत कथा संग्रहह? प्रकाशित छन् ।
प्रधानका दुई छोरा र दुई छोरी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्