अनलाइन क्यासिनो गेम खेलाउने तीन महिलासहित ४ जना पक्राउ

अनलाइन क्यासिनो गेम खेलाउने तीन महिलासहित ४ जना पक्राउ

काठमाडौं । अनलाइन क्यासिनो गेम खेलाएको आरोपमा काठमाडौंका विभिन्न स्थानबाट चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जना महिला सहितचार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।पक्राउ पर्नेहरुमा काभ्रेको मण्डनदेउपुर नगरपालिका-१० घर भएकी २६ वर्षीया सरिता लामा, खोटाङको हलेसी तुवाचुङ गाउँपालिका बाहुनीडाँडा घर भएकी २३ वर्षीया पुर्णिमा राई, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका-८ घर भएकी २५ वर्षीया सारङ्गा गुरुङ, र नुवाकोटशिवपुरी गाउँपालिका-१ घर भई हाल गोकर्णेश्वर नगरपालिका -४ बस्ने २८ वर्षीय तेम्बा लामा रहेका छन् ।

प्रहरीले उनीहरुबाट अनलाइन गेम खेलाउन प्रयोग भएका ५ थान ल्यापटप र ११ थान मोबाइल समेत बरामद गरेको छ । उनीहरुले फायरक्रिन एप्लिेकेशन,क्यास एप मार्फत अनलाइन क्यासिनो गेम खेलाउने गरेको अनुसन्धानको क्रममा खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्