बर्जुको अग्नी पीडितलाई विराट व्यापार संघको राहत सामग्री

बर्जुको अग्नी पीडितलाई विराट व्यापार संघको राहत सामग्री

विराटनगर । विराट व्यापार संघले सुनसरीको बर्जु गाउँपालिका ४ जयनगर मुस्लिम टोलका आगलागी पीडितलाई राहत वितरण गरेको छ ।

संघमा आवद्ध महिला उद्यम समिति तथा युवा उद्यम समितिले मंगलबार बिहान घटना स्थलमा नै पुगेर संयुक्त रुपमा अति आवश्यक पर्ने खाद्य सामाग्री लगायत वितरण गरेको हो । चैत्र ४ गते आईतबार दिउँसो बर्जु गाउँपालिका–४ स्थित जयनगर मुस्लिम टोलमा भीषण आगलागी भएको थियो । स्थानीय बिसुनदेव पोद्धारको घरबाट सुरु भएको आगलागीबाट १६ घर परिवारका २७ वटा घर र भान्सा जलेर नष्ट भएका थिए ।

आगलागीका कारण स्थानीयले घरका केही पनि सामग्री निकाल्न पाएनन् । जसका कारण आगलागी पिडितहरु त्यही जलेको घरको जमिनमा खुला आकास मुनि राहत टोलीले दिएको त्रिपाल टाँगेर बसिरहेका छन् ।

यसै क्रममा भर्खरै नव गठित विराट व्यापार संघका पदाधिकारी लगायत महिला उद्यम समिति र युवा उद्यम समितिले अग्नी पिडितहरुलाई खाद्यन्न लगायत शौचालय निर्माणको लागि प्रयोग हुने सामाग्री वितरण गरेको थियो । व्यापारीहरुको हकहित तथा अधिकारको पक्षमा वकालत गर्दै आएको विराट व्यापार संघले सामाजिक उत्तर दायित्व अन्तर्गत अग्नि पिडितलाई चामल, भुजा, भुजिया , चाउचाउ , नुनका प्याकेट, जुस ,पानी, साबुन, सरफ , प्लास्टिकका बाल्टी, त्रिपाल , झुल लगायतका सामाग्री वितरण गरिएको विराट व्यापार संघका अध्यक्ष अंशु बन्जराले जानकारी दिए । साथै बन्जाराले अन्य संघ सस्थाहरुलाई पनि अग्निपिडितहरुको लागि सहयोग गर्नको आग्रह गरे ।

राहत वितरण कार्यक्रममा बर्जु गाउँपालीका वडा नम्बर ४ का वडा अध्यक्ष विनोद बहादुर गुरुङ, विराट व्यापार संघका अध्यक्ष अंशु बन्जरा ,वरिष्ठ उपाध्यक्ष प्रमोद अग्रवाल,सचिव किरण ढुङ्गेल, बोर्ड सह सविच भवेस पौडेल , महिला उद्यम समिति अध्यक्ष सम्झाना पौडेल, उपाध्यक्ष सरस्वती ओझा, युवा उद्यम समितिका अध्यक्ष अभिषेक गौतम लगायत संघका पदाधिकारीहरुको सक्रिय सहभागितामा अग्नी पिडितहरुलाई राहत वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्