कोशी, मधेश र बागमतीको केही स्थानमा हल्का वर्षाको सम्भावना

<span class='c1'>कोशी, मधेश र बागमतीको केही</span> <span class='c2'>स्थानमा हल्का वर्षाको सम्भावना</span>

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण आज देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको छ ।

दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

त्यस्तै, कोशी, मधेश र बागमती प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । बेलुका पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही थोरै ठाउँहरुमा चट्याङसहितको वर्षा हुन सक्ने विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्