बेलबारीमा एक पुरुषले गरे श्रीमतीको हत्या

बेलबारीमा एक पुरुषले गरे श्रीमतीको हत्या

विराटनगर । मोरङको बेलबारी नगरपालिका-१ मा एक पुरुषले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।

बेलबारी-१ का ६० वर्षीय बमबहादुर लिम्बूले बुधबार बिहान १:३० बजे दाउ प्रहार गरी ४५ वर्षीया श्रीमती गीता लिम्बूको हत्या गरेका हुन् ।

दाउ प्रहारबाट गीताको टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

लगत्तै बमबहादुर आफूले सोही दाउले घाँटी रेटेपछि उनी गम्भीर घाइते भएका थिए । प्रहरीले गम्भीर घाइते अवस्थामा बमबहादुरलाई फेला पारेको र उनलाई उद्धार गरेर उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल ल्याउन साथ बिहान ३ः२० बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लिम्बू दम्पती बेलबारी–१ भेडा टोलस्थित निर्मला राईको घरमा ४ वर्षदेखि डेरामा बस्दै आएका थिए । हत्या र आत्महत्याको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्