विराटनगरका सौन्दर्यकर्मीकोद्धारा किसानलाई मल–बीउ र बालबालिकालाई शैक्षिक सामाग्री

विराटनगरका सौन्दर्यकर्मीकोद्धारा किसानलाई मल–बीउ र बालबालिकालाई शैक्षिक सामाग्री

प्रेम देवान
विराटनगर । किसानहरुलाई मल बिउ पुजी र बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गर्दै राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटी विराटनगर (नावुन ) ले १६ औँ वार्षिकोत्सव मनाएको छ । युनियनको १६ औँ वार्षिकोत्सवको अवसरमा महानगर कमिटीले बुधबार एक कार्यक्रमको आयोजना गरी किसानलाई मल बीउ र बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेर वार्षिकोत्सव मनाएको हो ।


युनियनले विराटनगर ५ स्थित विशाल चौक नजिकै रहेको बस्तीमा पुगेर होली पर्वसँगै नयाँ बर्षको शुभकामना आदान प्रदान गर्दै एक दर्जन बढी किशान र बालबालिकाहरुलाई उक्त सामाग्री वितरण गरेका हुन् । युनियनले हरेक बर्ष वार्षिकोत्सवको अवसरमा फरक फरक सामाजिक कार्यहरु गर्दै आएको छ । यस अघि विराटेश्वर वृद्धाआश्रम , पुर्वाअञ्चल बालसेवा आश्रममा सामाजिक कार्य सँगै रक्तदान, सरसफाइ लगायतका कामहरु गर्दै आएको छ ।


यसपटक पनि फरक तरीकाले वार्षिकोत्सव मनाएको राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटी विराटनगर अध्यक्ष भलि सुब्बाले जानकारी दिनुभयो ।
यसक्षेत्रका किसानले मल बिउपुजी नपाईरहेको अवस्थामा युनियनले थोरै भएपनि केही राहत पुगोस भनेर किसानलाई मल विउ र बालबालिकाहरुलाई शैक्षिक सामाग्री अन्तर्गत कापी कलम पेन्सिल लगायतका सामाग्री प्रदान गरिएको अध्यक्ष सुब्बाले बताउनुभयो ।


कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी केन्द्रिय केन्द्रिय उपमहासचिव ममता प्रधान, सदस्य गंगा तामाङ, प्रदेश उपाध्यक्ष ललिता धिमाल, सचिव कला डागी , पुर्व अध्यक्षद्धय सायदा तवसुम ,अमिता पोखरेल लगायत युनियनमा आवद्ध पदाधिकारी सदस्यहरुको सक्रिय सहभागितामा होली पर्वसँगै नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रम समेत गरेको थियो । यसैबिच युनियनले राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी संस्थापक सदस्य स्वर्गीय पवी गुरुङ सम्झनामा दिप—प्रज्वलन समेत गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्