धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिलाको शव फेला

<span class='c1'>धरानको विपी कोइराला स्वास्थ्य विज्ञान</span> <span class='c2'>प्रतिष्ठानमा एक महिलाको शव फेला</span>

विराटनगर । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलको सिमानाको खोल्सा नजिकै बरको रुख मुनि घाटी रेटेको अवस्थामा एक किशोरीको शव फेला परेको छ ।

अन्दाजी १८, १९ बर्ष उमेर समुहको देखिने किशोरीको शव बुधबार दिउँसो फेला परेको हो । धरान उपमहानगरपालिका– १८ स्थित प्रतिष्ठान नजिकै रहेको बरको रूख नजिकै किशोरीको शव भेटिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

घटनास्थलमा पुगेको प्रहरीले शव कसरी त्यहाँ आयो र कसको हो भनेर अनुसन्धान अघि बढाएको छ । शव भेटिएको स्थान वरपर तालिमप्राप्त कुकुर समेत लगेर अनुसन्धान गरेको प्रहरीले जनाएको छ । किशोरीको शव अहिले घोपास्थित पोष्ट मार्टमको लागि राखिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्