आज देशभरको मौसम बदली हुने, शनिबारसम्म झरी पर्ने सम्भावना

<span class='c1'>आज देशभरको मौसम बदली हुने,</span> <span class='c2'>शनिबारसम्म झरी पर्ने सम्भावना</span>

काठमाडौं । मौसमविद् विनोद पोखरेलका अनुसार शनिबार सम्म काठमाडौं उपत्यकासहित कोशी,बागमती र मधेश प्रदेशको अधिकांश स्थानमा हल्का देखि मध्यम वर्षा जारी रहने छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली र भारतको विहारमा विकसित न्यून चापीय प्रणालीका कारण बुधबारदेखि बागमती, मधेश, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा सुरु भएको छ ।
हाल काठमाडौं उपत्यकासहित बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भैरहेको छ। आज देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली हुने तथा बुधबार देखि शुरु भएको वर्षा नरोकिने पोखलेरले बताए ।

‘बुधबार सबैभन्दा धेरै वर्षा धनकुटामा मापन भएको छ । आज कोशी,बागमती र गण्डकीका अधिकांश स्थानमा वर्षा हुने देखिएको छ । कोशी र तराईका केही स्थानमा हावाहुरीको सम्भावना छ । पानी शनिबारसम्म नै पर्ने देखिन्छ,’पोखरेलले भने । बुधबारबाट बागमती, मधेश, कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात समेत भएको छ ।देशको पूर्वी तथा मध्य भागमा बढी पानी परेको महाशाखाले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदली भए पनि पानी परेको छैन् । बुधबार सिन्धुलीको सानीबास भन्ने ठाउँमा २६.२ मिलिमिटर, मकवानपुर गढीमा १६.४ मिलिमिटर, ललितपुरको लेलेमा १६.२ मिलिमिटर, काठमाडौंको धाप ड्याम क्षेत्रमा ११.६ मिलिमिटर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा ९ मिलिमिटर, बबरमहल क्षेत्रमा ७.६ मिलिमिटर वर्षा मापन भएको छ । मौसमविद् विनोद पोखरेलका अनुसार गत २४ घण्टामा धनकुटामा सबैभन्दा धेरै ५२ दशमलब २ मिलिमिटर वर्षा मापन भएको छ भने शनिबार सम्म झरी पर्ने छ ।

बुधबारबाट शुरु भएको वर्षा ‘प्री मनसुन’ का रूपमा भएको हुनाले वर्षाले मधेर र पहाडक कृषकका बालीलाई राहत पुगेको छ ।यस्तै, वर्षाले देशका विभिन्न क्षेत्रमा लागेका डडेलो नियन्त्रणमा पनि राहत पुर्याएको महाशाखाले जनाएको छ । बिहीबार देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली भई बागमती,गण्डकी,मधेश प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा हुने छ । आज कोशी प्रदेश र मधेश प्रदेश सहित तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।आजकोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा सहित हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, शुक्रबार देशका पहाडी भूभागका थोरै स्थानमा तथा तराई भूभागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।देशका उच्चपहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार देशको पूर्वी तथा मध्य भू –भागमा आज र भोली निरन्तर जसो वर्षा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्