आगलागी आक्रान्त : के गर्दैछ कोशी प्रदेश सरकार ?

आगलागी आक्रान्त : के गर्दैछ कोशी प्रदेश सरकार ?

विराटनगर । चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा कोशी प्रदेशका १४ जिल्ला भित्र चारसय ८८ आगलागीका घटना भईसकेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार पुसदेखि चैत ८ गतेसम्म १२ जनाको मृत्यु र २४ जना घाईते भएको तथ्यांक छ ।

विभिन्न कारणले हुने आगलागीबाट जनधनको क्षति पुगिरहेको छ । स्थानीय तहले मात्रै यसको नियन्त्रणमा भूमिका निर्वाह गर्न नसकिरहेको अवस्थामा प्रदेश सरकारको विपद् व्यवस्थापन योजना कमजोर देखिएको आरोप लाग्ने गरेको छ ।
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री समशेर राईका अनुसार विपद् व्यवस्थापन न्युनिकरणका लागि हुनुपर्ने काम नहुँदा परिणाम पनि कमजोर हुने गरेको बताउँछन् । उनका अनुसार घटनापछि उद्धार, राहतका सामाग्री भन्दा क्षति न्युनिकरणका लागि आवश्यक पर्ने सामाग्री अभाव देखिन्छ । घटनापछि दमकल भन्दा पहिला प्रहरी पुग्ने भएकोले त्यसका लागि आवश्यक सामाग्री जोहो गर्नेतर्फ प्रदेश सरकारले योजना बनाईरहेको मन्त्री राईले बताए । उनले चालु आर्थिक वर्षमै फायर एक्सटिंग्विसर (अग्नीशमन यन्त्र) र वाटर ब्याग खरिद गरेर प्रहरीको तल्लो इकाईसम्म पु¥याउने लक्ष्य राखिएको बताए ।

विपद् व्यवस्थापन कोषबाट फायर एक्सटिंग्विसर खरिद गर्ने योजना छ, मन्त्री राईले भने–घटनास्थलमा दमकल पुग्नु अगावै प्रहरी पुग्छ, तत्काल फायर एक्सविंग्विसर र वाटर ब्याग प्रयोगमा ल्याउन सके क्षति कम हुनसक्छ ।
फायर एक्सटिंग्विसरमा मोनो एमोनिया फस्फेट पाउडर, कार्बनडाइअक्साइड ग्यास र नाइट्रोजन ग्यास हुन्छ । सिलिण्डरमा भरिएको वस्तु ह्याण्डल थिच्दा निस्कने र आगो नियन्त्रणमा आउन सहज हुने गर्दछ । तत्काल घटनास्थलमा पुगेर प्रहरीले एकै पटक पाँचवटा सिलिण्डर चलाएमा आगलागी नियन्त्रणमा आउने दावी छ ।

मन्त्री राईले चालु आर्थिक वर्षमा फायर एक्सटिंग्विसर र वाटर ब्याग खरिद गरेर स्थानीय तहका प्रहरी इकाईसम्म पु¥याउन जरुरी देखिएको दावी गरेका छन्।
उनले आगामी वर्ष बहुतले भवनमा हुने आगलागी नियन्त्रणका लागि क्रेन दमकल खरिद गर्ने योजना राखिएको सुनाए । शहरीकरणसँगै फेरिएका भवन संरचनाको स्वरुप अनुसारको दमकल जरुरी देखिएको छ । यदि सपिङ कम्प्लेक्सहरुका माथिल्लो तलामा आगलागी भए अहिलेको तयारीले नियन्त्रण असजिलो हुनेछ । यसका लागि पानी भरिएको दमकलको पाइप लिएर माथिसम्म जानसक्ने सुविधा जरुरी पर्नेछ । प्रदेशका ठूला शहरलाई समेट्ने गरि सरकारले ¥याडरसहितको दमकल आगामी वर्ष खरिद गर्ने योजना राखेको हो ।

प्रहरीले घटनाको प्रारम्भिक चरणमै नियन्त्रणको प्रयास गर्ने अवसर पाए क्षति कम हुने अधिकारीहरुको बुझाई छ । मोरङका प्रहरी उपरीक्षक नवराज कार्की, आगलागीका घटनामा प्रारम्भमै पुग्ने प्रहरीले उद्धारका लागि समेत दमकल पर्खनु पर्ने अवस्था छ । यदि फायर एक्सटिंग्विसर भए उद्धारसँगै आगलागी नियन्त्रणमा समेत दमकल अगाडी नै प्रहरीको भूमिका महत्वपूर्ण हुनेछ ।

प्रहरीको तल्लो इकाईसम्म फायर एक्सटिंग्विसर र वाटर ब्यागको जोहो गर्ने प्रदेश सरकारको योजना कार्यन्वयनका लागि सामाग्री खरिद गर्ने प्रक्रिया सुरु गरिएको मन्त्रीको भनाई छ । सुख्खा याम सुरु हुनु अगावै यस्ता महत्वपूर्ण साामाग्री जोहो गर्नुपर्ने सरकार घटनापछि मात्रै तात्ने खालको सेलाएको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्