विराटनगरमा होलीको रौनक

विराटनगरमा होलीको रौनक

इन्दु साह
विराटनगर । नेपालमा पहाडी क्षेत्रमा आइतबार र तराईका क्षेत्रमा सोमबार होली पर्व मनाइने छ । होली रंग र खुशीको पर्व हो । सबैलाई एकअर्कामा रङ दल्ने र एकअर्कामा आपसी भाइचाराको पर्वको रुपमा लिइन्छ ।

विराटनगरमा पनि अत्यन्तै उत्साहका साथ होली मनाउने गरिएको छ । होलीका लागि आवश्यक तथा मनोरन्जनात्मक सामग्रीहरु विराटनगरका व्यापारीहरुले पसलमा बिक्रीका लागि राखी सकेका छन् । होलीमा विशेष गरी सेतो कपडा लगाउने चलन छ । विभिन्न पसलमा होली हे, होली रे , ह्याप्पि होली जस्ता लेखिएको आकर्षक देखिने कपडा बजारमा बिक्रीका लागि राखिएका छन् । होली आउन ४ दिन बाकी भएसंगै होलीको रमझम सुरु भईसकेको छ ।

आर्थिक मन्दिको बेला होलीमा व्यापार कस्तो हुने हो, पोहोर साल त राम्रै व्यापार भएको व्यापारीहरुको भनाई छ ।

विराटनगर ९ पुरानो गुद्री बजारमा रोहन साहले समेत होलीमा प्रयोग हुने सामग्री बिक्री गरी रहेका छन् । उनको पसलमा पिचकारी, मुकुट जस्ता अन्य विभिन्न सामग्री पसलमा बिक्रिका लागि राखेका थिए । उनको भनाई अनुसार अघिल्लो वर्ष राम्रो व्यापार चलेको थियो । यस पटक भने सुरुवाती दिनमै निरास जनक व्यापार भएको उनको गुनासो छ।

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ ।

होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । सरकारले होलीको दिन सार्वजनिक बिदा दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्