विराट व्यापार संघको साँस्कृतिक कार्यक्रमसहित होली मिलन

विराट व्यापार संघको साँस्कृतिक कार्यक्रमसहित होली मिलन

विराटनगर । विराट व्यापार संघले साँस्कृतिक कार्यक्रम गर्दै होली मिलन कार्यक्रम मनाएको छ ।

विराटनगरका व्यापारी व्यवसायीहरूको हकहितका लागि सङ्गठित बन्दै आएको संघले नयाँ नेतृत्व चयन गरेसँगै होली मिलन कार्यक्रम मनाएको हो ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, उद्योग संगठन मोरङ मोरङका अध्यक्ष राकेश सुराना, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडा लगायतका अग्रज उद्योगी व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
संघले होली मिलन कार्यक्रमका अवसरमा विभिन्न गीत संगीत, नृत्य लगायतका प्रस्तुति गरिएको होलि मिलन कार्यक्रम संयोजक प्रविण अग्रवालले जानकारी दिए । उद्योग व्यवसाय क्षेत्रबाट गीत संगीतमा रुचि राख्ने व्यक्तिहरूले पनि होलीका गीत गाएर रमाइलो गरेका थिए । होली मिलन कार्यक्रममा सहभागी हुन आउने अतिथिहरूलाई संघका अध्यक्ष अंशु बन्जारासहित पदाधिकारी र सदस्यहरूले स्वागत गरेका थिए । संघले रङ्गहरूको उल्लासमय पर्वका रुपमा हरेक वर्ष होली मिलन गर्दै आएको र यस वर्षपनि अझ तयारीका साथ कार्यक्रम गरिएको अध्यक्ष बन्जाराले बताए ।

यस पटकको होली पहाडी भेगमा चैत ११ गते हो भने तराईमा चैत १२ गते परेको छ । होली पर्व आपसी सदभाव कायम राख्न एक आपसमा रङ दलेर होली पर्व मनाउने प्रचलन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्