नेपाल प्रहरी श्रीमती संघ र विराट मेडिकलबीच स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धी सम्झौता

नेपाल प्रहरी श्रीमती संघ र विराट मेडिकलबीच स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धी सम्झौता

विराटनगर । नेपाल प्रहरी श्रीमती संघ र विराट मेडिकल टिचिङ हस्पिटल बीच स्वास्थ्य उपचार सेवामा शुल्क छुट सम्बन्धी सम्झौता भएको छ ।

आज कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभा हलमा नेपाल प्रहरी श्रीमती संघले आयोजना गरेको एक कार्यक्रमको बीच हस्पिटल र नेपाल प्रहरी श्रीमती संघबीच स्वास्थ्य उपचार सेवामा शुल्क छुट सम्बन्धी सम्झौता भएको हो ।

बिराट टिचिङ हस्पिटल प्रा.लि. को तर्फबाट सोही हस्पिटलका उपाध्यक्ष डा. डेनिस कार्की र नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघकी अध्यक्ष लक्ष्मी कुँवरले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । बिराट टिचिङ हस्पिटल प्रा.लि.ले नेपाल प्रहरीका बाहालवाला प्रहरी कर्मचारीहरु, अबकाश प्राप्त प्रहरी कर्मचारीहरु र तिनका आश्रित परिवारहरुका विभिन्न रोगका बिरामीहरुलाई स्वास्थ्य उपचारमा छुट सुविधा उपलब्ध गराउने छ ।

हस्ताक्षर कार्यक्रममा कुँवरले स्वास्थ्ये नै धन हो भन्ने भनाईलाई ह्रदयगमन गरि लामो समय डिउटीमा रहदा र प्रहरीको कार्य व्यवस्थताले स्वास्थ्यमा ध्यान दिन नसक्दा प्रहरी कर्मचारीहरुको स्वास्थ्यमा पर्न सक्ने असरलाई मनन् गरि प्रहरी कर्मचारीहरुलाई लक्षित गरि यो कार्यक्रम गरिएको बताइन् ।

सोही कार्यक्रममा निशुल्क स्वास्थ्य शिविर समेत राखिएको थियो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष भावना श्रेष्ठ खापुङले स्वागत मनतव्य राखेकी थिइन् । भने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्र कुबेर खापुङले धन्यवाद ज्ञापन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्