खपत बढेसँगै विराटनगरमा विद्युत झ्याप्प–झ्याप्प

खपत बढेसँगै विराटनगरमा विद्युत झ्याप्प–झ्याप्प

देवराज तामाङ
विराटनगर। गर्मी समयमा अनियमित रुपमा विद्युत पटक पटक आउने जाने समस्याले गर्दा उपभोक्ताहरु आजित हुने गरेका छन् ।

गर्मीमा समयमा पर्यावरणीय चुनौती, ग्राहकको रिपोर्ट बनाउने क्रम तथा मर्मत सम्भारको कार्य गर्न विद्युत लाईन शटडाउन तथा ट्रीप हुने हुँदा विद्युत धेरै पटक जाने गरेको हो ।

गर्मीमा विद्युतको खपत बढ्ने भएकाले विद्युतीय संरचनामा लस बढ्ने, भोल्टेज ड्रोप हुने तथा पश्चिम भाग साथै भारतबाट विद्युत आयात गर्नु पर्ने हुँदा पूर्वी क्षेत्रमा भोल्टेज कम हुने गरेको नेपाल विद्युत् प्राधिकरणको विराटनगर वितरण केन्द्रका प्रमुख इन्जिनियर सरोज कुमारले जानकारी दिए ।

विराटनगरमा गर्मीमा मासिक लगभग ४ करोड युनिट विद्युत खपत हुने गरेको छ । त्यो खपत जाडोमा २ करोड ५० लाख युनिट खपत हुने गरेको नेपाल विद्युत् प्राधिकरणको विराटनगर वितरण केन्द्रले जनाएको छ । विराटनगरमा चालु आर्थिक वर्ष २०८०/८१ को मङ्सिर महिनामा सबैभन्दा कम २ करोड ४७ लाख ३९ हजार ०२६ युनिट मासिक विद्युत खपत भएको छ । गर्मीमा सबैभन्दा बढी साउनमा ४ करोड १ लाख ३९ हजार ४ सय १० युनिट मासिक खपत भएको छ ।

गत आर्थिक वर्ष २०७९/८० को गर्मीमा सबै भन्दा बढी भदौमा ३ करोड ५९ लाख ९७ हजार १ सय ८८ युनिट मासिक खपत भएको थियो प्राधिकरणले जनाएको छ । उनले भने, "पूरै लाइन अपग्रेड नगर्दासम्म अपग्रेड कार्य भइराख्ने र सो कार्य गर्न लाइन आवश्यकता अनुसार सूचन प्रकाशन गरी शटडाउन गर्नु पर्ने हुन्छ।

गर्मी महिनामा हावाहुरीसहित परेको पानीले गर्दा पोल ढलने कुनै स्थानमा विद्युतको तारहरुमा रुखका हाँगाहरु भाँच्चिएर अड्किने हुँदा तथा विद्युतीय पोलमा नेटका तारहरुमा हुने आगलागीका कारण विद्युत आउने जाने समस्या हुने गरेको प्रमुख इन्जिनियर सरोज कुमारले बताए ।
दुहबीबाट ६ वटा ३३ के.भी.को फिडरबाट विराटनगर वितरण अन्तर्गत रहेको ४ वटा सवस्टेशन विद्युत् आपूर्ति भईरहेको छ ।

चार सवस्टेशन
विराटनगरमा ४ वटा सवस्टेशनबाट विद्युत वितरण हुने गरेको छ । जसमा बाँसबारी, टंकीसिनुवारी, रानी र कटहरी सवस्टेशन रहेका छन् । बाँसबारी सवस्टेशनबाट ११ के.भी.को ३ वटा फिडर निस्कन्छ । टंकीसिनुवारी सवस्टेशनबाट ११ के.भी.को ७ वटा फिडर निस्कन्छ । जसमा थप २ वटा फिडर निर्माण भईरहेको प्राधिकरणले जनाएको छ । रानी सवस्टेशनबाट ८ वटा फिडर, कटहरी सवस्टेशनबाट ५ वटा र थप १ वटा फिडर निर्माण भईरहेको छ । यी सबै ४ वटा सवस्टेशनको क्षमता १२९.२ एमभीए रहेको छ । साथै दुहबीबाट ११ के.भी.को २ वटा फिडर विराटनगरको लागि निस्कने गर्छ । अन्य समयको तुलनामा गर्मीको समयमा विद्युत लाइनमा समस्या बढी आउने गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले हाल गर्मीको लागि केही योजनासहित कार्यहरु अगाडि बढाइरहेको छ । विराटनगरलाई लक्षित गर्दै १३२/३३/११ के.भी.को सवस्टेशन बर्जु गाउँपालिकाको भीमपुरमा निर्माण क्रममा रहेको र आगामी वर्षदेखि संचालनमा ल्याउने तयारी गरिएको केन्द्र इन्जिनियर राजेन्द्र प्रसाद चौधरीले बताए । ५५ किलोमिटर एल.टी. तार क्षमता अभिवृदी गर्ने योजनासहित प्राधिकरण अगाडि बढेको छ । विराटनगरको तिनपैनीदेखी रोडशेष चोकसम्म एक साइडमा मात्रै विद्युतीय पोल हुँदा सर्भिस केबल तथा विद्युतीय लोड बढी परेको हुँदा लाइन जाने समस्या आइरहने गरेको प्राधिकरणले बताएको छ । त्यस समस्याको समाधानका लागि हाल दुवैतर्फ ११ केभीको सर्किट निर्माण भईरहेको प्राधिकरणले जनाएको छ ।

५० वटा डिष्ट्रिब्युसन ट्रा्न्सफार्मर गर्ने योजना अन्तर्गत हाल १० वटा निर्माण गरेर संचालनमा आइसकेको छ। साथै आउदो गर्मीको लोड व्यवस्थापनको गर्नला लागि १४ वटा ट्राँसफार्मर जडान भईरहेको प्राधिकरणले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणको विराटनगर वितरण केन्द्र अन्तर्गत हाल ८४ हजार २ सय जना ग्राहक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्