मोरङ प्रहरीको अनुरोध–होलीमा अवाञ्छित गतिविधि भईरहेको भए फोन गर्नुहोस्

मोरङ प्रहरीको अनुरोध–होलीमा अवाञ्छित गतिविधि भईरहेको भए फोन गर्नुहोस्

विराटनगर । मोरङ प्रहरीले होली पर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना तयार पारेको छ । मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले रंगको पर्व होलीलाई भयरहित र मर्यादित बनाउन सुरक्षा संयन्त्र परिचालनको खाका तयार पारेर कार्यन्वयनमा ल्याइएको जानकारी दिएका हुन् ।

प्रहरीले ११ बुँदेमा आफ्नो सुरक्षा अनुरोध तयार पारेको छ । जसमा अनिच्छुक र अपरिचित व्यक्तिलाई रंग नलगाउन आग्रह गरिएको छ । यसैगरी बृद्धबृद्धा र बालबालिकाको सम्मान, गाँजा–भाङ्ग र मादक पदार्थको सेवन र सवारी चलाउने कार्य नगर्न, मोटरसाइकलमा अनिवार्य हेलमेल लगाउन, ट्राफिक नियम पालना गर्न, प्रतिसोधको भावना नराख्न आग्रह गरेको छ ।

प्रहरीले कुनै पनि अवाञ्छित गतिविधि भईरहेको भए प्रहरीको हट लाइन १००, ९८५२०३७९०२, ९८५२०२६७५० मा फोन गरेर जानकारी दिन पनि अनुरोध गरेको छ ।

पर्वलाई विकृती फैलिने र शान्ति सुरक्षामा असर पर्ने कार्य नगर्न र नगराउन आग्रह गर्दै यस्तो भएमा कानुनी कारवाही गरिने उपरीक्षक कार्कीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्