सोच्न मन नलाग्ने घटनामा प्रहरी अनुसन्धानको फन्को,पक्राउ गर्नुपर्ने आरोपीको लास उठाउनु पर्ने अवस्था

सोच्न मन नलाग्ने घटनामा प्रहरी अनुसन्धानको फन्को,पक्राउ गर्नुपर्ने आरोपीको लास उठाउनु पर्ने अवस्था

विराटनगर । मोरङमा पछिल्लो एक महिनामा तीन अपराधका घटनाले प्रहरी अनुसन्धानमा तरंग पैदा गरिदियो । घटनापछि संलग्न नियन्त्रणमा लिनुपर्ने र अनुसन्धान गर्नुपर्ने व्यक्तिको लास उठाउनु पर्ने अवस्थाले प्रहरीलाई हैरान पारिदिएको हो।

कोशी प्रदेशमा एक महिना प्रेममा भएको खटपटबाटै चारजनाको ज्यान गईसकेको छ । चार घटनामध्ये दुई घटनामा संलग्नको लास नै बरामद गर्नु परेको थियो । पथरी, विराटनगर र बेलबारीका घटनाको सिरिज एकै प्रकारका देखिएका हुन् । मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार पथरीमा ज्ञानमति थुलुङको हत्यामा संलग्न पनि तत्काललै पक्राउ नपरेका भए यसै भन्नसक्ने अवस्था थिएन ।

प्रेममा असफल भएपछि सिराहाका शिवशङ्कर दासले गएको चैत्र २ गते नोबेल मेडिकल कलेजमा कार्यरत नर्सको हत्या गरेका थिए । वैदेशिक रोजगारीबाट फर्केर प्रेमीका चन्द्रिका कुमारी दाससँगै तीनदिन कोठामा बसेका उनले डेरामै हत्या गरिदिएका थिए । प्रहरीका अनुसार कोठामा रक्सीका बोतलहरु समेत फेला परेका छन् । हत्यापछि शिवशंकरले समेत गलत बाटो रोजेका कारण उनको लास उठाउनु पर्ने अवस्था प्रहरीलाई आईलाग्यो ।

गत फागुन २० गते मोरङको पथरी, हत्याको घटनामा आरोपितले अर्कैलाई हानेको खुकुरीले ज्ञानमति मारिएको भन्दै पश्चताप गरिरहेको प्रहरी उपरीक्षक कार्की बताउँछन् । मोरङ ग्रामथान गाउँपालिका घर भएका धिरेनकुमार खाँलाई नियन्त्रणमा लिएपछि उनले हत्या ज्ञानमतिको भएको थाहा पाएको प्रहरीसँगको बयानमा खुलाएका छन् । प्रहरी उपरीक्षक कार्कीले यदि ज्ञानमतिको हत्या आफूले गरेको भन्ने राती यकिन भएको भए उनले पनि गलत बाटो रोज्नसक्ने गरि अहिले पछुताईरहेका छन् । पक्राउ पछि उनी पछुताईरहेको र उनले प्रहार गरेको हतियार देखाउनका लागि ज्ञानमतिको लास पुरेको ठाउँ देखाउनु पर्ने शर्त राखेको उपरीक्षक कार्की बताउँछन् ।

मोरङको बेलबारीमा गत मङ्गलबार राति बमबहादुर लिम्बूले श्रीमतीको हत्या गरेपछि आफुले पनि गलत बाटो रोजेका थिए ।उमेर कारण बन्दा श्रीमान् र श्रीमतीबीचको आशंकाले घटना सिर्जना गर्ने काम गरेको प्रहरीको बुझाई छ । बेलबारी–१ स्थित ६५ वर्षीय बमबहादुरले ४५ वर्षीय श्रीमती गीता लिम्बुको हत्यापछि प्रहरीले दुवैको लास उठाउनु पर्ने अवस्थाको सिर्जना भएको थियो । बमबहादुरले समेत गलत बाटो रोजेर आत्माहत्या गरेका थिए । दुवैले आठ वर्ष पहिले दोस्रो विवाह गरेका थिए । उनीहरूका ८ बर्सिया छोरा छन् ।

तीन दिन अघि सुनसरीको धरानमा सुमना श्रेष्ठको शव फेला परेको थियो । उनको प्रेमी धरान १६ बस्ने १९ वर्षीय सविन भन्ने बाबुराम भुजेललाई हत्या आरोपमा प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । प्रहरीले शंखास्पद छ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । श्रेष्ठको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हाताभित्र रहेको डिपो स्कुल नजिकैको खोल्सीमा घाँटी काटिएको अवस्थामा शव फेला परेको थियो ।
गत माघमा झापाको भद्रपुर नगरपालिका–७ का ५८ वर्षीय साहेबा उराँउले पनि श्रीमतीको हत्या गरेका थिए । उनले ६० वर्षीय श्रीमती फिल्सिता उराँउको हत्या गरेपछि उनी पक्राउ परेका छन् ।

मोरङका प्रहरी उपरीक्षक कार्की हत्याको अनुसन्धान गर्नुपर्ने प्रहरीलाई संलग्नहरुले नै आत्माहत्याको बाटो रोज्दा अचम्म बनाएको बताउँछन् । एकै प्रकारका घटना दोहोरिएपछि प्रहरी भित्रको अनुसन्धानमा समेत नयाँ खोज गर्नुपर्ने स्थिति देखा परिरहेको उपरीक्षक कार्की ठान्दछन् । उनले पछिल्लो एक महिनामा देखिएका घटना निरुत्सािहत गर्नका लागि अभिभावक, समाजका अगुवा, विद्यालयका शिक्षक र प्रहरीको एकिकृत हातेमालो आवश्यक रहेको बताए । प्रहरीले यस्ता घटनालाई निरुत्साहित गर्नका लागि मोरङमा स्थानीय तहसँगको सहकार्यमा नयाँ कार्यक्रम बनाउने तयारी गरिरहेको उपरीक्षक कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्