विराटनगर महानगरद्वारा ऐलानी जग्गा खोजी सुरु

<span class='c1'>विराटनगर महानगरद्वारा ऐलानी</span> <span class='c2'>जग्गा खोजी सुरु</span>

विराटनगर । विराटनगर महानगरपालिकाले ऐलानी जग्गा खोजी सुरु गरेको छ ।

विराटनगरका विभिन्न वडामा रहेका ऐलानी जग्गाको महानगरले खोजी सुरु गरेको हो ।

महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा शनिबार बिहान विराटनगर-११ केशलिया रोड दक्षिण तथा महेन्द्रचोक पश्चिममा रहेको ऐलानी जग्गा नापजाप गरिएको छ । वर्षौदेखि बेवारिसे अवस्थामा रहेको सो जग्गा महानगरको भएको निष्कर्षसहित नापजाप गरी छुट्याइएको वडाध्यक्ष तीर्थेन्द्र नेउपानेले जानकारी दिनुभयो ।

विराटनगरभित्र रहेका ऐलानी जग्गा नापजाप गरी महानगरको स्वामित्वमा ल्याउने कार्य भइरहेको मेयर कोइरालाले बताउनुभयो । महानगरको स्वामित्वको सो जग्गामा उचित संरचना निर्माण गरेर प्रयोगमा ल्याइने कोइरालाको भनाइ थियो । वडाध्यक्ष नेउपानेका अनुसार नापजापपछि सो ठाउँमा चार कठ्ठा जग्गा ऐलानी भएको पाइएको छ । नापजापपछि चार किल्ला गाडिएको वडाध्यक्ष नेउपानेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्