यस्तो छ होलीमा हुनसक्ने संभावित दुर्घटना रोकथामका लागि विराटनगरमा ट्राफिक चेकजाँच

यस्तो छ होलीमा हुनसक्ने संभावित दुर्घटना रोकथामका लागि विराटनगरमा ट्राफिक चेकजाँच

विराटनगर । होलीमा संभावित सवारी दुर्घटना रोकथामका लागि मोरङ ट्राफिकले चेकजाँचमा कडाई सुरु गरेको छ । जिल्लाभरी नै आकस्मिक र छड्के रुपमा सवारीको चेकजाँच गर्ने मादक पदार्थ सेवन गरेर सवारी चलाएका चालकलाई कारवाही गर्ने कार्य ट्राफिक प्रहरीले सुरु गरेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी नायव निरीक्षक (सई) लिला श्रेष्ठका अनुसार जिल्ला प्रहरी कार्यालयसँगको संयुक्त कमाण्डमा ‘सरप्राइज’ चेकजाँच गरिनेछ । तीनजना सवार, मादक पदार्थ सेवन, तीव्र गति, बिना हेलमेट सवारी चलाउने चालकलाई तत्काल नियन्त्रणमा लिईने योजना राखिएको छ।

होलीमा मोटरसाइकल सवारहरु धेरै दुर्घटनामा पर्ने गरेकोले विशेष निगरानी गरिने छ । मोरङमा होलीका लागि मात्रै ९० जना ट्राफिक प्रहरी फिल्डमै खटिने गरि परिचालित भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलिलेसँग संयुक्त रुपमा चेकजाँच हुनेछ । सवारी नियम उल्लंघन गर्नेहरुलाई तत्कालै नियन्त्रणमा लिने, सवारी नियन्त्रणमा राखेर जरिवाना भराउने जस्ता कारवाही गरिने दावी गरिएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्