काम गर्दै जाँदा हरेस नखाई अगाडी बढ्नुपर्छ एकदिन सफलता मिल्छ : प्रदेश प्रमुख खापुङ

काम गर्दै जाँदा हरेस नखाई अगाडी बढ्नुपर्छ एकदिन सफलता मिल्छ : प्रदेश प्रमुख खापुङ

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले राम्रो संस्कृतिलाई अगाडी बढाउने र कुसंस्कृतिलाई हटाउदै जानुपर्नेमा जोड दिएका छन् ।

किरात याक्थुङ खापुङ सङ्जुम्भोको चौथौ महाधिवेशनको उद्धघाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख खापुङले यस्तो बताएका हुन् । ‘ काम गर्दै जाँदा हरेस नखाई अगाडी बढ्नपर्छ एकदिन सफता मिल्छ, राम्रो संस्कारलाई अगाडी बढाउनुपर्छ, कुसंस्कारलाई हटाउनुपर्छ , प्रदेश प्रमुख खापुङले भने, हाम्रो संस्कृति बलियो छ, यसलाई बलियो बनाउनका लागि हामी सबै लागि पर्नुपर्छ ।’ संस्कृति र संस्कारलाई बलियो बनाउनका लागि सबै खालको पुस्तालाई समेट्न जरुरी रहेको समेत उनको भनाई थियो ।

यस्तै पूर्वमन्त्री भवानी खापुङले सामाजिक संघ, संस्था स्वंयसेवक संस्था रहेको र स्वयंसेवकको रुपमा काम गर्नु पर्नेमा जोड दिए । समाज र संस्थालाई समय दिन सके आफ्नो पहिचान कायम रहने चर्चा गर्दै उनले संस्था बलियो बनाउन सके आफ्नो पहिचान स्थापित हुने बताए । पछिल्लो समय राजनीतिक क्षेत्र विग्रिदै गएको र यसलाई सपार्नु तर्फ भूमिका खेल्नु पर्नेमा समेत जोड दिए । कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरक्षिक (डीआईजी) चन्द्रकुबेर खापुङले शिक्षा क्षेत्रमा लगानी गर्नु जरुरी रहेको बताए । डीआईजी खापुङले भएको ईतिहासको संरक्षण दोहोर्याउनु पर्नेमा जोड दिँदै उनले यसका लागि तयारी हुनुपर्नेमा जोड दिए ।

संस्था विकासका लागि सबै लाग्नुपर्नेमा जोड दिँदै उनले यसका लक्ष्य निर्धारण गर्नुपर्ने र नीति तथा कार्ययोजना बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा खापुङ परिवारमा रहेर विविध विधामा रहेर योेगदान पुर्याएका साथै शैक्षिक क्षेत्रमा रहेकाहरुलाई समेत सम्मानित गरिएको थियो । भने लिम्बू समुदायमा रहेको सास्कृतिक पक्षलाई समेट्न धान नाच, च्याब्रङ नाच समेत प्रदर्शनी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्