उपनिर्वाचनः सफल पिताको पदचापमा तन्नेरी पुत्र

<span class='c1'>उपनिर्वाचनः सफल पिताको</span> <span class='c2'>पदचापमा तन्नेरी पुत्र</span>

काठमाडौं । नेकपा एमालेले वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ मा सुहाङनेम्वाङलाई उम्मेदवार बनाउने निणर्य गरेको छ ।

इलामका दुई निर्वाचन क्षेत्रमध्येको यो क्षेत्र सुहाङका पिता सुवास नेम्वाङले पटक पटक जितेको निर्वाचन क्षेत्र हो । गत वर्ष सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पनि सुवासलाई यस क्षेत्रका मतदाताले जिताएर पठाएका थिए । तर पहिलो पटक झिनो मतान्तरले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कासँग सुवास विजयी भएका थिए ।

गत भदौमा सुवासको निधन भएपछि रिक्त रहेको त्यो क्षेत्रमा उनका कान्छा पुत्र सुहाङलाई उठाउने एमालेको निणर्य आजै सार्वजनिक भएको छ ।
नेपाली कांग्रेस र अरु पार्टीले उम्मेदवार घोषणा गरिसकेका छैनन् । यतिबेला एमाले र उसँग अलग भएको एकीकृत समाजवादी गठबन्धन सरकारमा साथै छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालवीच सत्ता सहकार्य चलिरहेकाले इलाम क्षेत्र नम्बर २ को वामपन्थी मत एकैठाउँ पर्ने सम्भावना देखिन्छ अरु विपक्षवीचको सहकार्यको सम्भावना पनि टरिसकेको छैन । राजनीतिको व्यवहारिक ज्ञान र अनुभव सँगाल्न बाँकी नै रहेका सुहाङलाई अनुभवी पुराना नेता कार्यकर्ताको चित्त बुझाएर उनीहरुको सहयोग लिने कुरा कम चुनौतिपूणर् देखिँदैन ।उनलाई आफ्ना पिताको योगदान र उनले आर्जन गरेको लोकप्रियता पनि राजनीतिमा उभिन निकै महत्वपूणर् आधार बन्न सक्छ । अन्तिम निर्वाचन हारेर जीवनबाट विदा लिएका सुवासले राजनीतिमा पक्ष र विपक्ष दुवैथरीको विश्वास जितेका थिए । सुहाङले पिताको यो गुणबाट पनि लाभ लिन सक्ने देखिन्छ ।

अन्तिम निर्वाचन हारेका सुवास
संविधान सभा र संसद गरी स्वर्गीय सुवासनेम्वाङलेसंसद्को चार कार्यकाल नेतृत्व गरेका थिए। तर राष्ट्रपतिको निर्वाचनमा भने उनी सफल हुन सकेनन् । तत्कालको गणित एमालेको पक्षमा थिएन, एमालेका तर्फबाट उम्मेदवार बनेका सुवास राष्ट्रपतिमा जित्ने सम्भावना यसैपनि थिएन । तत्कालिन गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सुवासलाई पराजित गरेका थिए ।
सुवासले सभामुखको भूमिकामा २०६३ वैशाख देखि २०६३ र २०६३ माघदेखि २०६५ साल जेठसम्म महत्वपूणर् भूमिका निर्वाह गरेका थिए ।
त्यसपछि उनी दुइ पटक संविधानसभाको अध्यक्षको भूमिकामा थिए र उनकै नेतृत्वको दोस्रो कार्यकालको संविधानसभाबाट संविधान निर्माण सम्पन्न भएर घोषणा पनि भएको थियो ।

२०४८ यता उनी दुई पटक राष्ट्रिय सभामा निर्वाचित भए भने २०५६ यताका पाँचवटै चुनावमा सफल भए ।
सुवास नेम्वाङको राजनीतिक यात्रा विद्यार्थी युनियनबाट सुरु भएको थियो। उनी २०२९ सालमा अनेरास्ववियूबाट इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा स्ववियू सभापति निर्वाचित भएका थिए। त्यो उनको सक्रिय राजनीतिको पहिलो सफलता थियो तर अन्तिम निर्वाचनमा भने उनी पराजित भएका थिए ।
उपनिर्वाचनको मैदानमा उत्रिन तयार भएका सुहाङले आफ्ना पिताको यो राजनीतिक पृष्ठभूमिकत्तिको सदुपयोग गर्न सक्छन् भन्ने जिज्ञासा इलाम २ का मतदातालाई हुनसक्छ । सतहमा नदेखिने असहयोगको राजनीतिको व्यवस्थापन र त्यसलाई चिर्ने रणनीति निर्वाचनको अर्को महत्वपूणर् पक्ष हो भन्ने पक्ष सुहाङका लागि व्यवहारिक राजनीतिको नयाँ अध्याय हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्