फिल्म ‘महाजात्रा ’ विराटनगरका सिनेमा हलमा एकैदिन ८ वटासम्म शो

फिल्म ‘महाजात्रा ’ विराटनगरका सिनेमा हलमा एकैदिन ८ वटासम्म शो

प्रेम देवान
विराटनगर । चैत ९ गते शुक्रबारदेखि देशैभर प्रदर्शनमा आएको चलचित्र 'महाजात्रा' विराटनगरका हलहरुमा दर्शकको राम्रो सहभागिता देखियो। विराटनगरको क्युएफएक्समा एक दिनमा ८ वटासम्म शो चलाएको छ ।

क्युएफएक्सले ३ दिनमा २२ वटासम्म शो गर्न भ्याएको छ । शुक्रबार ७ शनिबार ८ र आज आईतबार ७ शो गरेको हलले जनाएको छ । अहिलेसम्म एउटा हलमा मात्रै झन्डै २ हजार बढी दर्शकले फिल्म हेरिसकको आंकलन गरिएको छ । सबैभन्दा बढी विराटनगरको क्युएफएक्समा दर्शकको सहभागिता देखियो । दर्शकहरुले फिल्म हेरीसकेपछि राम्रै प्रतिक्रिया पनि दिएका छन् । आफ्नो परिवारसँग फिल्म हेर्न पुगेकी विराटनगर ५ की मोना राईले भनिन् फिल्ममा एकैछिनमा हसाउने अनि सिरयस बनाउने रहेछ । परिवारका ५ जनासँग फिल्म हेर्न पुगेकी मोना राईले आवर विराटनगरसँग कुरा गर्दै भनिन,’ फिल्म त परिवारसँग हेर्न लायक रहेछ, एउटा पुरुषले आफ्नो परिवारलाई सुखमा राख्नको लागी गरेको संघर्ष फिल्ममा देख्न सकिदो रहेछ ।’अधिकांशले परिवार र साथीभाईसँग फिल्म हेर्न पुगेका दर्शकहरुले वास्तविकता आफ्नो जीविनसँग मेल खाएको अनुभव सुनाए ।

यता विराटनगरको सेन्ट्रल मल्टिप्लेक्सले पनि चलचित्र महाजात्रा १७ वटा शो गरेको मल्टिप्लेक्सका सत्य प्रकाशले जानकारी दिए । सबैभन्दा बढी शनिबार दर्शकको घुईचो रहेको उनले आवर विराटनगरलाई सुनाए । उता विराटनगरको उत्तरक्षेत्रमा रहेको सिटी सिनेमाले पनि १९ वटा शो दिईसकेको छ । फिल्म रिलिज भएको दिन ७ शनिबार ७ र आज आईतबार ५ वटा शो रहेको सिटी सिनेमाहलका शंकर मेहताले जानकारी दिए ।

यसबर्ष सर्वाधिक रुपमा चर्चामा रहेको ‘महाजात्रा ’ ले राम्रै व्यापार गरेका निर्माता पक्षले जनाएको छ । ‘महाजात्रा’ले दुई दिनमा ३ करोड ६ लाखको ग्रस व्यापार गरेको बताएको छ । निर्माताले सार्वजनिक गरेको आँकडा अनुसार शुक्रबार र शनिबार ३ करोड बढीको व्यापार गरेको आकंलन छ ।

यो चलचित्र सिरिजका अघिल्ला दुई चलचित्रहरू ‘जात्रा’ र ‘जात्रै जात्रा’को अपार सफलतापछि ‘महाजात्रा’ बनाइएको हो । प्रदीप भट्टराई निर्देशित यो चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, रबिन्द्र सिंह बानियाँ, दिव्य देव, राजाराम पौडेल, शिशिर वाङ्देल, मोहन निरौला, पुष्कर गुरुङ, प्रकाश घिमिरे, गौमाया गुरुङ, दिव्य देव, रजनी गुरुङ, सुमन कार्की, प्रवीण खतिवडा, अर्बिन खड्का, अवन राज उप्रेती, घनश्याम जोशी, रमा थपलिया, सिद्धिका चौहान, कायरा कार्की लगायतको अभिनय रहेको छ । विराटनगरका हलमा आज आईतबार पनि दर्शकहरुको राम्रै उपस्थित देखिएको छ ।

तराईमा सोमबार होली पर्व भएका कारण हलहरु बन्द रहने हल संचालकहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्