इटहरी । अवैध रुपमा खोला, पैनी मिचेर बनाएको भौतिक संरचना भत्काउन सुरु गरेको छ ।
बर्षेनी इटहरीमा बाढीले दु:ख दिएको भन्दै अतिक्रमित क्षेत्रमा बनाइएका संरचानाहरु उपमहानगरले डोजर चलाएर भत्काउन सुरु गरेको हो ।
इटहरीस्थित टेंग्रा खोलाको सिरानबाट खोलामा डोजर चलाउन सुरु गरेको मेयर हेमकर्ण पौडेलले जानकारी दिए । क्षेत्राधिकारभित्रको जग्गा खाली गर्न मेयर पौडेल डोजर लिएर खोला पैनी पुगेका थिए । ईटहरी उपमहानगरपालिका बारम्बार सूचना जारी गर्दा पनि स्थानीय अटेर गरेपछि मंगलबारबाट नगरप्रहरीको टोली डोजरले भत्काए थालिएको हो ।
कुनै पनि हालतमा अतिक्रमित संरचना हटाएरै छाड्ने मेयर पौडेलले बताएका छन्। टेंग्रा खोला, खेती खोला र सुकुमारी पैनीको दुवै किनारबाट ६/६ मिटर छाडेर भवन संरचना बनाउनुपर्ने प्रचलित कानुनलाई आधार मान्दै मेयर पौडेलले उक्त खोला पैनीको दुवैतर्फ ६/६ मिटर नछोडिकन बनेका भवन संरचना हटाउन सुरु गरेको छ ।
बर्षायामको बेला सामान्य पानी पर्दा पनि इटहरी डुबानमा पर्ने गरेको छ । ठूलो पानी पर्दा त इटहरीमा भयावहस्थिति सिर्जना हुने खतरा हुने भएका कारण खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने त्रसित हुने गरेका छन्। अब आउँदो बर्खामा इटहरीमा खोलाको तटीय वस्तीमा बस्नेलाई जोगाउँन इटहरी उपमहानगरपालिकाले अवैध संरचना हटाउन सुरु गरेक हो मेयर पौडेलको भनाई छ । इटहरी उपमहानगरपालिका भित्र २० वटा वडा रहेका छन्। तीमध्ये बाढीबाट प्रभावित पर्ने इटहरीका विशेष गरी ३, ४, ९, १०, ११ र १२ नम्बर वडा छन्। २०७४ मा आएको बाढीका कारण ९ जनाको मृत्यु भएको थियो। अघिल्लो वर्षको बाढीले ४ जनाको मृत्यु भएको थियो। अरु थुप्रै अन्नबाली र भौतिक पूर्वाधारमा क्षती पुगेको थियो।