न्यूरो हस्पिटलको विराटनगरमा ‘वल्र्ड पर्पल डे’ ६ दिन सम्म ओपीडि सेवा निःशुल्क

न्यूरो हस्पिटलको विराटनगरमा ‘वल्र्ड पर्पल डे’ ६ दिन सम्म ओपीडि सेवा  निःशुल्क

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले ‘वल्र्ड पर्पल डे’ को अवसर पारेर सेचतनामुलक प्रभातफेरी निकालेको छ । न्यूरोले हस्पिटलले एक कार्यक्रमको आयोजना गरी मंगलबार विहान प्रभातफेरी निकालेको हो ।

न्यूरो अस्पतालबाट सुरु भएको प्रभातफेरी नगरको विभिन्न भाग परिक्रमा गरेर सोही ठाउँमा आएर सम्पन्न भएको थियो । प्रभातफेरीमा सहभागिहरुले समयमा नै उपचार गरौं, छारेरोगबाट मुक्त हौं, अन्धविश्वसलाई हटाऊ सबैमा जनचेतना जगाऊ, छारे रोग रोग होइन यो नशा रोगको लक्ष्ण हो, छारे रोग वारे घर घर टोल टोलमा कुरा गरौं, अन्धविश्वासलाई हटाऊ, सबैमा जनचेतना जोगाऊ भन्ने मुख्य नारासहित प्लेकाट बोकेर प्रभातफेरीमा सहभागि थिए । प्रभातफेरीमा चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालका कर्मचारी र सर्वसाधरणहरुको उपस्थिती रहेको थियो ।


न्यूरोले वल्र्ड पर्पल डेमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । ‘वल्र्ड पर्पल डे’ को अवसरमा पारेर शुक्रबार छारेरोग सम्बन्धी निवन्ध प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगितामा प्रथम विराटनगरको आर्दश स्कुल कक्षा ९ का श्रेय शर्मा, द्धितीय दिल्ली पब्लिक स्कल कक्षा ९ की श्रृती यादव र तृतीय मेरील्याण्ड कलेजका कक्षा ११ की सेमान्तिका पराजुली घोषित भइन् । उनीहरुलाई पुरस्कार वितरण न्यूरो अस्पतालका अध्यक्ष तथा वरिष्ठ विशेषज्ञ न्यूरोलोजिष्ट डा. वीरेन्द्र कुमार विष्ट, एनसिएलका प्रतिनधी अमर भट्टचार्यले वितरण गरे ।


चैत ११ गतेदेखि १६ गतेसम्म ओपीडि सेवा पनि निःशुल्क न्यूरो हस्पिटलले राखेको छ । ओपीडिमा चिकित्सकले जाँच गरेपछि ल्याब परीक्षणमा पनि छुट दिएको हस्पिटलले जनाएको छ । ‘वल्र्ड पर्पल डे’ मनाउनको लागि न्यूरोले एनसेलसँग सहकार्य गरेको छ ।
प्रत्येक एक सय जनामा एक जनामा छारे रोग लाग्ने गरेको विभिन्न तथ्याकहरुले देखाएको छ । हस्पिटल स्थापना भएपछि न्यूरोमा हालसम्म २५ हजार भन्दा बढी छारेरोगका विरामीको सफल उपचार गरेको छ जनाएको छ । अहिले पनि करिब ३ हजार विरामी नियमित उपचारको क्रममा रहेका छन् । न्यूरोमा छारे रोगको उपचारको लागि भरपर्दो रहेको न्यूरो अस्पतालका अध्यक्ष तथा वरिष्ठ विशेषज्ञ न्यूरोलोजिष्ट डा. वीरेन्द्र कुमार विष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्