विराटनगरका अग्रज साहित्यकार सुवेदीको निधन

विराटनगरका अग्रज साहित्यकार सुवेदीको निधन

विराटनगर । विराटनगरका अग्रज साहित्यकार दधिराज सुवेदीको ७८ वर्षको उमेरमा निधन भएको छ ।

२००३ सालमा भोजपुरको दिङ्लामा जन्मिएका सुवेदीको बुधबार बिहान निधन भएको हो ।

उनका दुई छोरा, एक छोरी र श्रीमती छन् । क्यान्सर रोगबाट पीडित सुवेदीको उपचारकै क्रममा विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल बुढीगंगा मोरङमा निधन भएको छोरा शरदराज सुवेदीले बताए । उनका अनुसार बुधबार बिहान ३ बजे सुवेदीको निधन भएको हो । उनको विराटनगरस्थित परोपकार घाटमा बुधबार दाहसंस्कार गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्