उपनिर्वाचनमा सत्ता गठबन्धनबाट आ–आफ्नै उम्मेदवार, कांग्रेस अझै अनिर्णित

<span class='c1'>उपनिर्वाचनमा सत्ता गठबन्धनबाट आ–आफ्नै</span> <span class='c2'>उम्मेदवार, कांग्रेस अझै अनिर्णित</span>

काठमाडौं । आउँदो बैशाख १५ गते हुन लागिरहेको इलाम २ को उपनिर्वाचनका लागि सत्तारुढ दलहरुले आ–आफ्नै उम्मेदवार उठाउने भएका छन् । सत्ता साझेदार दल नेकपा एमालेले कुनै सल्लाह नै नगरी आफ्नो उम्मेदवारको नाम फाइनल गरेपछि गठबन्धनभित्र असन्तुष्टि पनि बढेको छ ।

माओवादी केन्द्रले बुधवार विहान मात्रै इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा उम्मेदवारी दिने निर्णय गरेपछि सत्तारुढ दलहरुले साझा उम्मेदवार उठाउने संभावना न्यून बन्दै गएको हो । बुधबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले दुवै क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय माओवादी केन्द्रले गरेको हो । ‘सत्ता गठबन्धनमा रहेका दलहरू सबैले आ आफ्नै उम्मेदवार उठाउने भनेपछि हामीले पनि दुवै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेका हौं, माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले भने । उपनिर्वाचनमा एकीकृत समाजवादीले पनि उम्मेदवारी दिने बताइसकेको छ । सो पार्टीले प्रतिनिधि सभा सदस्यतर्फ इलाम २ मा जीतबहादुर राई र बझाङ प्रदेश सभा सदस्यतर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको सम्मानित नेता झलनाथ खनालले संचारमाध्यमहरुलाई जानकारी दिए ।

त्यस्तै सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पनि आफ्नो अलग्गै उम्मेदवारी दिने लगभग अन्तिम तयारी गरिरहेको छ । इलाम–२ को वस्तुस्थिति बुझ्न सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई लामो समयदेखि खटाएको छ। पाँचदलीय गठबन्धनमा सामेल भए पनि आफूलाई अन्य दलहरुभन्दा फरक र रचनात्मक दाबी गर्दै आएको रास्वपाले आफ्नै उम्मेदवार अघि बढाउनेगरी अन्तिम तयारी गरिरहेको छ ।
छोटो समयको तयारीका बाबजुद २०७९ को आमनिर्वाचनमा आश्चर्यजनक नतिजा हात पारेको रास्वपा सोही लयलाई निरन्तरता दिने दाउमा छ। तनहुँ–१ को उपनिर्वाचनले रास्वपामा थप विश्वास थपेको छ। तनहुँकै जस्तो नतिजा निकाल्न नसकेपनि रास्वपा पूर्वी पहाडमा आफ्नो संगठनको उपस्थिती बढाउन खोजिरहेको छ । उपनिर्वाचनका सवालमा एमाले आफ्नै तरिकाले अघि बढेपछि सत्ता साझेदार दलहरु बाध्य भएर नयाँ निर्णयमा पुगेका हुन् । सत्ता गठबन्धनमा एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादी गरी पाँच दल सामेल छन्। यीमध्ये कुनै पनि दल एमालेले अघि सारेका उम्मेदवारलाई आगामी उपनिर्वाचनमा समर्थन गर्ने मनस्थितीमा छैनन् ।

यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इलाममा सत्ता गठबन्धन दललाई सघाउने बझाङमा आफ्नो उम्मेदवारलाई सघाउने वातावरण तय गर्ने मनस्थितीमा थिए । सोही अनुसार एकीकृत समाजवादीले सम्बन्धित पार्टी कमिटीलाई उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको थियो । तर सहकार्य गरिरहेका दलहरु आफ्नै तरिकाले अघि बढेपछि उपनिर्वाचनका सवालमा सत्ता गठबन्धनभित्र मत भिन्नता देखिएको हो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनका सवालमा कुनै निर्णय गर्न सकेको छैन् । संभवत चैत्र १९ गते पदाधिकारीको बैठक बसेर उम्मेदवारको नाम टुंगोमा पुर्याउने तयारी कांग्रेसको छ । उप निर्वाचनका लागि गठबन्धन दलहरु आक्रमक रुपमा अघि बढेपनि कांग्रेस आन्तरिक विवादमा रुमलिएको छ ।
कांग्रेसले क्षत्र, जिल्ला र प्रदेशबाट एक नम्बरमा भेषराज आचार्यको नाम राखेर सात जनाको नाम पठाइसकेको छ । दोस्रोमा पूर्वसांसद केशव थापा र तोस्रोमा जिल्ला सभापति डम्बर खड्काको नाम सिफारिस गरेको छ । त्यस्तै संविधानसभा सदस्य नगेन्द्र कुमाल, नेता रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम पठाइसकेको छ ।

कांग्रेसका आकांक्षीहरु काठमाडौंमा केन्द्रीय नेताहरुको घरदैलो गरिरहेका छन् । एमाले उपाध्यक्ष तथा उक्त क्षेत्रका सांसद सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएको थियो । सोही स्थानमा उपनिर्वाचन हुन लागेको हो । उक्त क्षेत्रमा कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धीका रुपमा मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्