घरमा जोडिन्छ, अदालतमा तोडिन्छ वैवाहिक सम्बन्ध

घरमा जोडिन्छ, अदालतमा तोडिन्छ वैवाहिक सम्बन्ध

इन्दु साह
विराटनगर । मोरङ जिल्ला अदालतमा दैनिक ३५ देखि ४० मुद्दा दर्ता हुन्छन् । दर्ता मुद्दामध्ये १५ देखि २० थान भने सम्बन्ध बिच्छेदका छन् । यीमध्ये धेरै मुद्दा चाँहि वैदेशिक रोजगारीबाट सिर्जित रहेका छन् । दुई जनाबीच माया–प्रेम बसेर घरपरिवारसँग सम्बन्धमा जोडिएका श्रीमान्–श्रीमतीबीचका कतिपय मुद्दा अदालतले समेत रोकेर राख्छ । कुनै कारण मिलिहाल्छ की भन्नेसम्मको आशयले कतिपय मुद्दाको फैसला गर्ने अवधी समेत लामो हुने गरेको छ ।

जिल्ला अदालत मोरङका सुचना अधिकारी ओमराज सुवेदीका अनुसार अदालतमा दर्ता भएका मुद्दामध्ये ५० प्रतिशत सम्बन्ध बिच्छेदका हुने गरेको जानकारी दिएका छन् । उनका अनुसार यसरी मुद्दाको संख्या बढ्नुमा प्रमुख कारण वैदेशिक रोजगारीबाट श्रीमान्–श्रीमतीबीचको सम्बन्धमा आउने खटपट छ । महिलाले दायर गर्ने कतिपय सम्बन्ध विच्छेदका मुद्दा सासु र ससुराको हिंसाबाट पीडित भएको समेत रहेका छन् । छोरो विदेशमा हुँदा घरमा बसिखान नदिएको अवस्थामा पनि बाध्य भएर मुद्दा हाल्नुपर्ने स्थिति सिर्जना हुने गरेको देखिएको छ ।

माना चामल, महिला हिसांसँग सम्बन्धित, घरेलुहिंसा, अंश सम्बन्धि मुद्दा दर्ता हुँदा यसको फस्र्यौट हुन बढी समय लाग्ने गरेको छ । यसैगरी पुरुषले सम्बन्धविच्छेद मुद्दामा फिराद दिदाँ सामान्यतयाः कानुनलेनै १ वर्षसम्म होल्ड गर्ने गरिन्छ । दम्पतिबीच मेलमिलाप हुनसक्ने संभावनालाई आंकलन गर्दै मुद्दा होल्ड गराउने गरिएको छ । यस्ता मुद्दामा महिलाले स्वीकार नगर्दाको अवस्थामा सम्बन्ध विच्छेदको फैसला कमै मात्रै हुने गरेको सुचना अधिकारी सुवेदीको भनाई छ ।

मोरङ जिल्ला अदालतमा चालु आर्थिक वर्ष २०८०÷०८१ को फागुन मसान्तसम्म एक हजार ४४७ मुद्दा सम्बन्ध बिच्छेदका छन् । जसमध्ये लगत सरेर आएका ४५१ मुद्दा रहेका थिए । चालु आर्थिक वर्षको फागुनसम्ममा मात्रै एक हजार मुद्दा सम्बन्ध बिच्छेदा दर्ता भएका छन् । दर्ता भएकामध्ये ९२८ वटा मुद्दा फस्र्यौट भईसकेका छन् । अथवा मुद्दाको फैसला भईसकेको छ । दर्ता भएकामध्ये ५९५ मुद्दामा मिलापत्र भएको तथ्यांक छ । दर्ता भईसकेका ३३ मुद्दा फिर्ता भएका थिए ।

गत आर्थिक वर्ष २०७९÷२०८० मा एक हजार ९८३ मुद्दा थिए । जसमध्ये एक हजार ५३२ मुद्दाको फैसला भएको थियो । जिल्लाभर एक वर्षमा झण्डै दुई हजार घरपरिवारमा सम्बन्ध टुट्ने अवस्था देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्