विराट गोल्डकपको उद्घाटन बिहीबार, एक करोड १८ लाख खर्च हुने अनुमान

विराट गोल्डकपको उद्घाटन बिहीबार, एक करोड १८ लाख खर्च हुने अनुमान

विराटनगर । बिहीबार चैत १५ गतेबाट विराटनगरको शहिद रङ्गशालामा हुन लागेको विराट गोल्डकपकोे सम्पूर्ण तयारी पुरा भएको छ । विराट गोल्डकप ट्रष्टले बुधबार पत्रकार सम्मेलन गरी आठौं संस्करणको विराट गोल्डकपको तयारी पुरा भएको जनाएको हो ।

बिहीबार उद्घाटन खेल भुटानको रोयल थिम्पु एफसी (आरटिसी) र विभागीय टोली नेपाल पुलिस क्लबबीच हुनेछ । विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले रात्रिकालीन खेलको साँझ पौने ६ बजेबाट सुरु हुनेछ । उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीबाट गराउने तयारी रहेको छ ।

तीन विभागियसहित, ए डिभिजन र पाहुना टिम भारतका दुई र भुटानको एक छन् । यसैगरी घरेलु साँग्रिला रहेको छ ।
गोल्डकपको उद्घाटन खेल विभागीय टोली नेपाल पुलिस क्लब र पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) प्रतियोगिताको पूर्व विजेतासमेत हुन् ।

विभागीय पुलिस क्लबले तीन पटक उपाधि जितेको छ । भुटानको थिम्पु एघारले २०३१ सालमा गोल्डकपको उपाधि जितेको थियो ।
आयोजकले सार्वजानिक गरेको खेल तालिका अनुसार गोल्डकपमा घरेलु टोली संग्रीला मोरङ फुटबल क्बल र पाहुना टिम भारतको सिक्किम डे«गानलाई बाइ दिएर क्वाटर फाइनलमा राखेको छ । समूह ‘ए’ बाट १७ चैतमा घरेलु टिमले समूह उद्घाटन खेलमा बिजेता हुने टिमसँग पहिलो क्वाटरफाइनल खेल खेल्नेछ । १८ चैतमा हुने दोस्रो क्वाटर फाइनलमा विभागीय टिम त्रिभूवन आर्मी फुटबल क्बल र एनआरटी फुटबल क्लब काठमाण्डौं बीच शुक्रबार हुने बिजेता टिमसँग बाइ पाएर समूह बी बाट भारतको सिक्किम ड«ागनले प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘ए’ मा घरेलु टोली सांग्रिला मोरङ एफए, भुटानको रोयल थिम्पु एफसी, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल एएपिएफसी र सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईज युनाइटेड रहेको छ । समूह ‘बि’ मा भारतको सिक्किम ड्रेगान, त्रिभुवन आर्मी फुटबल क्लब, एनआरटी, मच्छिन्द्र फुटबल क्लब र कोलकत्ताको साउर्थन समिति एफसि रहेको छ ।

प्रतियोगिता अवधीभर १ करोड १८ लाख ४३ हजार २ सय लाग्ने आयोजकको लागत अनुमान छ । यसपटकको विजेता टिमलाई ११ लाख र उपविजेतालाई ५ लाख ५० हजार र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार त्यसैगरी उत्कृष्ट गोलरक्षकलाई २१ हजार , सर्वाधिक गोेलकर्तालाइृ नगद २१ हजार र सर्वोउकृष्ट खेलाडीलाई मोटरसाईकल प्रदान गरिने भएको छ । यता खेल मैदान तथा दर्शक बस्ने प्याराफिटहरुको रङ्गरोगन समेत भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्