कोशी प्रदेशस्तरीय मोटर ऱ्याली हुने

कोशी प्रदेशस्तरीय मोटर ऱ्याली हुने

विराटनगर । कोशी प्रदेशस्तरीय मोटर ऱ्याली हुने भएको छ ।

प्रदेशको पर्यटन प्रबर्द्धनमा, पर्यटकीय गन्तव्यको खोजी गर्नुको साथै युवा व्यवसायीहरु बिच व्यापारीक सम्बन्ध विस्तार गर्न सो मोटर ऱ्याली प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ ।

चैत १६ गतेदेखि तीन दिनसम्म हुने ऱ्यालीमा कोशी प्रदेशका युवा उद्यमी व्यवसायीहरुलाई एकीकृत गराइ समग्र प्रदेशको पर्यटकीय विकास र युवाहरु बिच व्यवसायीक सम्बन्ध विकास गर्ने उद्देश्य रहेको नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरका अध्यक्ष रञ्जित भगतले जानकारी दिए।

ऱ्यालीको पहिलो दिन इटहरीबाट धरान, धनकुटा, फिदीम, इलामको साखेजुङ हुँदै पानीटारमा रात्रीवासको तालिका तय गरिएको छ ।

यस्तै सोही दिन देउमाई नगरपालिकास्थित महेन्द्र आधारभुत विद्यालयका विद्यार्थीहरुलाई विभिन्न खेलका खेल सामग्री हस्तान्तरण गर्ने योजना रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

ऱ्यालीको दोश्रो दिन सिम्पानी चियाबगान, कन्याम, चारआली हुँदै दमकस्थित नेपारिकामा युवा व्यवसायीको उद्यमीसँग उद्यमी बैठक एवं रात्रीवास हुने छ।

तेस्रो दिन बिहान ऱ्याली समापन गरिने कार्यक्रम तय गरिएको छ। ऱ्यालीमा २० सवारी साधन एवं विराटनगर, सुनसरी र झापा च्याप्टरका ५० जना युवा उद्यमी व्यवसायीको सहभागिता रहने छ।

मोरङ, सुनसरी र झापा गरी पूर्वमा पर्यटनका यथेष्ट सम्भावना रहेपनि प्रवर्द्धन कम रहेको महसुस गरी पर्यटनलाई बढावा दिन ऱ्यालीको आयोजना गर्न लागिएको सचिव रोमन कट्टेलले जानकारी गराए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्