एसईइ परिक्षामा मोरङबाट १७ हजार ५ सय ४४ परीक्षार्थी सहभागी

एसईइ परिक्षामा मोरङबाट १७ हजार ५ सय ४४ परीक्षार्थी सहभागी

मणिराम दाहाल
सुन्दरहरैँचा। आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा माेरङबाट १७ हजार ५ सय ४४ परीक्षार्थी सहभागी भएका छन्।

जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ मोरङका प्रमुख टंकप्रसाद गौतमका अनुसार  गत वर्ष परिक्षार्थी संख्या १८ हजार ११२ रहेकोमा यस वर्ष ५६८ परीक्षार्थीको संख्या घटेको बताए   । उनले जिल्लाभर ७० परीक्षा केन्द्र रहेकाे उल्लेख गर्दै  साधारणतर्फ परीक्षार्थी १६ हजार ६८१ , प्राविधिकतर्फ ५९६ र ग्रेड वृद्धितर्फ २७६ जना रहेकाे उल्लेख गरे।  

  जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ मोरङका अनुसार एसईइ परीक्षामा सामुदायिक १७२ र संस्थागत तर्फ २२२ गरी ३९४ विद्यालय सहभागी छन् । जसमा ८ हजार ८१८ छात्रा र ८ हजार ७२६ छात्र रहेका छन् ।

देशभर दुई हजार ६४ केन्द्र तोकिएका छन् । परीक्षामा देशभरका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

काठमाडौं जिल्लामा सबैभन्दा बढी एक सय २७ परीक्षा केन्द्र छन् भने मनाङ र मुस्ताङमा सबैभन्दा कम एक–एक परीक्षा केन्द्र छन् । काठमाडौंमा ३८ हजार आठ सय ३१, मनाङमा ४३ र मुस्ताङमा एक सय सात विद्यार्थी एसइईमा सहभागी हुँदै छन् । परीक्षा सञ्चालनका लागि ७७ हजार पाँच सय जनशक्ति परिचालन गरिएको छ । २७ चैतसम्म सञ्चालन हुने परीक्षा सकिएपछि देशभरका ६० परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण हुनेछ । परीक्षण केन्द्रमा उत्तरपुस्तिका पु¥याउने र नतिजा सार्वजनिक नहुँदासम्म सुरक्षा दिने जिम्मा प्रहरीकै रहने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुनेछ । बोर्डका अनुसार नियमित तथा ग्रेडवृद्धितर्फ पहिलाे दिन  चैत १५ गते अनिवार्य अङ्ग्रेजीको परीक्षा रहेको छ । १६ गते अनिवार्य नेपाली, १८ गते गणित, २० गते विज्ञान र २१ गते सामाजिक विषयको परीक्षा हुने भएको छ । २२ गते ऐच्छिक प्रथम, २३ गते ऐच्छिक द्वितीयको परीक्षा रहेको छ । चैत २७ गते सबै विषयको परीक्षा सकिने बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्