विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१५ र १७ बाट लागुऔषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार दिउँसो ३ बजे विराटनगर १५ ढाटस्थित भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री विराटनगर १० का ३९ वर्षीय मेघराज मण्डललाई इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट २६ ग्राम ३७ मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो।

त्यसैगरी विराटनगर १७ इस्लामपुरबाट ६ ग्राम १ मिलिग्राम ब्राउनसुगरसहित भारत जोगबनीका ३२ वर्षीय मो. इभरामलाई अस्थाई प्रहरी पोष्ट मटेरुवा र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

पक्राउ परेका दुवै जनाको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्