शिक्षालाई अनुसन्धानात्मक बनाउनु पर्छ : पूर्व राष्ट्रपति भण्डारी

शिक्षालाई अनुसन्धानात्मक बनाउनु पर्छ : पूर्व राष्ट्रपति भण्डारी

विराटनगर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले अध्ययन, अनुसन्धानमा विज्ञान र प्रविधिको प्रयोग बढाउँदै लैजानु पर्ने बताएकी छिन् । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर, पूर्व विद्यार्थी समेत रहनु भएकी भण्डारीले शिक्षाले राष्ट्रिय अर्थतन्त्र निर्माणमा योगदान दिने जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता रहेको बताएकी हुन् ।

स्वतन्त्र विद्यार्थी यूनियनले आयोजना गरेको कार्यक्रममा प्रमुख अथितिको रुपमा उपस्थित भण्डारीले विगतको स्मरण गर्दै वर्तमानमा शिक्षालाई नयाँ प्रयोगात्मक धारमा लैजान जरुरी रहेको बताएकी थिइन् । उनले धेरै वर्षपछि स्ववियुले आयोजना गरेको कार्यक्रममा भाग लिन पाउँदा खुशी लागेको बताएकी थिइन् । उनले अन्तराष्ट्रियस्तरमा देशलाई चिनाउन सक्नेस्तरको सिर्जनाहरु गर्नसक्ने शैक्षिक जनशक्ति उत्पादनमा सबैले जोड दिनुपर्ने बताएकी थिइन् । पूर्वकै प्रसिद्ध मोरङ क्याम्पसलाई कोशी प्रदेशको अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास गर्नुपर्नेमा कार्यक्रमका सहभागीहरुको जोड थियो ।

स्ववियुले झण्डातोलन, रक्तदान, स्वास्थ्य शिविर, सम्झौतामा हस्ताक्षर, पुरस्कार वितरण, नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रम आयोजना गरेको थियो । साथै केहि समय अगाडी क्याम्पस परिसरमा सम्पन्न दोस्रो राष्ट्रिय डोरीतान प्रतियोगितामा स्वर्ण पदक विजेताहरुलाई पुरस्कार वितरण गर्ने कार्यक्रम राखेको थियो ।

कार्यक्रममा पूर्वसभापति तथा प्रदेश सांसद भीम पराजुली, पूर्वसभापति जयराम सुन्दास, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराई, विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीसहित क्याम्पस प्रमुख डा.राम अवतारसरण लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्