विराट गोल्डकप : आज घरेलु टिम संग्रीला मोरङ र भुटानको आरटीसि एफसी क्बल खेल्दै

<span class='c1'>विराट गोल्डकप : आज घरेलु टिम संग्रीला</span> <span class='c2'>मोरङ र भुटानको आरटीसि एफसी क्बल खेल्दै</span>

विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज घरेलु टिम संग्रीला मोरङ फुटबल क्बल र भुटानको आरटीसि एफसी क्बलबीच प्रतिस्पर्धा हुँदैछ ।

विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमबाट ६:३० बजेदेखि सुरू हुने रात्रीकालिन गोल्डकपको तेस्रो दिन मोरङ र आरटीसि एफसी खेल्दैछन् ।

शुक्रबार भएको खेलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई २–० गोलले पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा पुगेको छ ।

चैत २४ गतेसम्म संचालन हुने प्रतियोगितामा बिदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागि रहेको छ । गोल्डकपको बिजेताले ११ लाख र उपबिजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । सर्वोउत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिने आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्