कोशीका जिल्लामा एमाले अधिवेशन : तीन जिल्लामा सम्पन्न, ३ जिल्लामा मिति तय हुन बाँकी

कोशीका जिल्लामा एमाले अधिवेशन : तीन जिल्लामा सम्पन्न, ३ जिल्लामा मिति तय हुन बाँकी

विराटनगर । कोशी प्रदेशका ११ वटा जिल्लामा एमाले जिल्ला अधिवेशनको तय भएको मिति अनुसार संखुवासभा, उदयपुर र झापामा अधिवेशन सम्पन्न भइसकेको छ । पाँचथरमा शनिबारदेखि सुरु भएको छ ।

नेकपा एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाका अनुसार संखुवासभामा फागुन २३ गते नै अधिवेशन सम्पन्न भइसकेको छ । अध्यक्षमा सर्वसम्मत खड्क राई निर्वाचित भएका छन् । भने अन्य पदका लागि निर्वाचन भएको थियो । यस्तै बुधबार सम्पन्न उदयपुरको जिल्ला अधिवेशनबाट अध्यक्षमा भागवत राउत निर्वाचित भएका छन् । परमेश्वर घिमिरेलाई ११४ मतले पछिपार्दै राउत अध्यक्षमा निर्वाचित भएका हुन् । शनिबार सम्पन्न अधिवेशनबाट एमाले झापाको अध्यक्षमा प्रेमबहादुर गिरी सर्वसम्मत चयन भएका छन् ।

कोशीका १४ जिल्लामध्ये तीन जिल्ला अधिवेशन सकेको एमालेको बाँकीका हकमा मिति तोािएको छ । तर, मोरङ, सुनसरी र इलामको अधिवेशनको मिति भने तय भएको छैन । एमालेमा प्रतिनिधिसभा निर्वाचनका कारण बैशाखभर अधिवेशन हुनसक्ने संभावना छैन । सुनसरी र मोरङमा भने तयारी पुरा भइनसकेकाले समय तोक्न ढिला भएका अध्यक्ष खतिवडाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्