सुनवर्षीबाट ब्राउन सुगरसहित एकजना महिला पक्राउ

सुनवर्षीबाट ब्राउन सुगरसहित एकजना महिला पक्राउ

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका ८ हरिसचन्द्रगढी स्थितबाट प्रहरीले ब्राउन सुगरसहित १ जना महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनवर्षी नगरपालिका ६ पटियापाडा कि २० बर्षीया सुलेखा राजबंशी रहेकी छिन् । शनिबार बेलुका ५ बजे प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषध ब्राउन सुगर ४ ग्राम सहित पक्राउ गरेको हो ।

पक्राउ परेकी उनको घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्