झापामा ट्याक्टर चोरीमा संलग्न एक जना पक्राउ

झापामा ट्याक्टर चोरीमा संलग्न एक जना पक्राउ

झापा । झापाको गौरिगञ्ज गाउँपालिका- १ स्थितबाट ट्याक्टर चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार बिहान स्थानीय होम थपलियाले आफ्नै घर अगाडी पार्किङ गरि राखेको मे. १ त ७७६५ नम्बरको ट्याक्टर चोरी भएको थियो ।

चोरी भएको ट्याक्टर खोजतलासमा खटिएको प्रहरी चौकी कुञ्जिवारीको प्रहरी टोलीले सोहि दिन दिउँसो साढे ११ बजे गौरादह नगरपालिका- ९ का ३५ वर्षीय सुनिल टुडुले भारततर्फ लादै गरेको अवस्थामा ट्याक्टर फेला पारी उनलाई नियन्त्रणमा लिएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्