स्रोत नखुलेको २७ लाख ७५ हजारसहित दुई जना पक्राउ

स्रोत नखुलेको २७ लाख ७५ हजारसहित दुई जना पक्राउ

सर्लाही । प्रहरीले मलंगवा नगरपालिका–९ बाट स्रोत नखुलेको रकम २७ लाख ७५ हजार ९७० रूपैयाँ सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–३ बस्ने २४ वर्षीय कमर राजा र ४० वर्षीय आरिफ अंसारी रहेका छन् ।

आइतबार दिउँसो विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले कमर राजालाई मलंगवा नगरपालिका–९ स्थित सडकबाट नगद १० लाख रूपैयाँ तथा ९ लाख ९० हजार रूपैयाँ जम्मा गर्ने २ थान भौचरसहित र थप अनुसन्धानको क्रममा आरिफ अंसारीलाई सोही नगरपालिका–९ स्थित उनको फोन सिटी मोबाइल पसलमा लुकाई राखेको १७ लाख ७५ हजार ९ सय ७० रूपैयाँसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्