आरिफको उत्कृष्ट प्रर्दशनमा आयरल्यान्ड उल्भ्सलाई नेपालले दियो २ सय १४ रनको लक्ष्य

<span class='c1'>आरिफको उत्कृष्ट प्रर्दशनमा आयरल्यान्ड उल्भ्सलाई नेपालले</span> <span class='c2'>दियो २ सय १४ रनको लक्ष्य</span>

काठमाडौं । आरिफ सेखको आक्रामक ब्याटिङप्रेरित नेपालले आयरल्यान्ड उल्भ्सविरुद्ध अन्तिम ट्वान्टी–२० खेलमा २१४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा गरेको नेपालले निर्धारित २० ओभरको खेल सकिँदा आरिफ सेखको उत्कृष्ट व्याटिङमा २ सय १४ रनको योगफल तयार गरेको हो ।

नेपालका लागि उत्कृष्ट पारि खेलेका आरिफले सर्वाधिक रन बनाए । ४८ बलको सामना गरेका उनले सात चौका र ६ छक्का प्रहार गर्दै अविजित ९३ रनको पारि खेले नवौँ नम्बरमा ब्याटिङमा लागि मैदान आएका कमलसिंह ऐरीले अविजित सात बलमा दुई चौका र एक छक्कासहित १९ रन जोडे । आरिफसँग अन्तिममा आठौँ विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए ।

यसबाहेक, पवन सर्राफले १३, राशिद खानले २४, र कप्तान विनोद भण्डारीले ११ रन जोडेका थिए । आयरल्यान्डका फियोन ह्यान्डले सर्वाधिक दुई विकेट दिँदा गाभिन होइ, म्याथ्यु फोस्टर, ग्यारेथ डेलानी र लियन म्याकार्थीले समान एक/एक विकेट लिए ।

यसअघिका दुई खेलमा घरेलु टिमविरुद्ध जित निकालेको वुल्भ्सले शृंखलाको उपाधि जितिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्