भर्ना खुल्ने बेला विराटनगरका दुई निजी विद्यालय सञ्चालकबीच लेनदेन विवाद

भर्ना खुल्ने बेला विराटनगरका दुई निजी विद्यालय सञ्चालकबीच लेनदेन विवाद

विराटनगर । भर्ना खुल्ने बेला हुन लागेपछि विराटनगरका दुई निजी विद्यालय सञ्चालकबीच लेनदेन विवादमा फसेका छन् ।

विराटनगर–८ को बालबाटीका स्कुलका सञ्चालक राजन छाराहाङ्ग र विराटनगर–१० को नेशनल एकेडेमीका सकलदेव साहबीच लेनदेन विवाद चुलिएको हो।

गत भदौमा बालबाटीका स्कुल नेशनल एकेडेमी सञ्चालक साहले खरिद गर्ने सहमति भएको थियो । सहमति अनुसार कात्तिकमा २८ लाख रुपैयाँ लेनदेन सहमति भएको थिषे । नयाँ शैक्षिक सत्रदेखि साविकको बालबाटीका स्कुल नेशनल एकेडमी नामाकरण गरी कक्षा नर्सरीदेखि १२ कक्षासम्म संचालन गर्ने तयारी अनुसार भएको खरिद बिक्रीको सम्झौता अनुसार लेनदेन नमिलेपछि अहिले दुई सञ्चालक आरोप प्रत्यारोपमा उत्रिएका हुन् ।
नेशनल एकेडेमीका सञ्चालक साहले सोमबार पत्रकार सम्मेलन गरी बालबाटीका स्कुल नेशनल एकेडेमीबाट संचालन हुने दाबी गरेका छन् । उनले अभिभावकलाई यसको भर्ना अभियान नेशनलले नै चलाउने बताएका छन् । नेशनल एकेडेमीले बालबाटीका बोर्डिङ स्कुल २७ लाख ५० हजार रुपैयाँमा किनेपनि छाराहाङ्गले बेइमानीपूर्ण ढंगले अहिलेसम्म हस्तान्तरण गर्न नमानेको आरोप छ । राजन कुमार छाराहाङ्ग र इन्दु थापा छाराहाङ्ग बालबाटीकाका सञ्चालक हुन् ।

सहमति अनुसार बालबाटीका स्कुलको स्वामित्व सकलदेव साह र उनका श्रीमती सरिता साहको नाममा आएको छ । साहको नाममा स्कुल आएपछि साविकको बालबाटीका स्कुलका संचालक छाराहाङ्गले अहिले भर्ना खोलेको आरोप छ । ‘अहिले पनि बालबाटीका स्कुलमा भर्ना लिने काम भइरहेको छ । यो गलत तरिका हो । हामीले स्कुल खरिद गरेको सम्पूर्ण कागजपत्र भुक्तानी दिएको प्रमाणहरु सुरक्षित राखेका छौं,’ साहले भने, ‘नयाँ शैक्षिक सत्र सुरु हुन लागेपछि अहिले निहुँ खोज्न थालेका छन् ।’

यता छाराहाङ्गले भने खरिद बिक्री भएको कुरा सहि भएपनि कारोबार नमिलेको बताए । उनले कात्तिकमा ६ लाख दिएपछि बाँकी पैसा हाता नपरेको गुनासो गरे र उनले सहमति अनुसार भुक्तानी गर्नुपर्ने पैसाको कागजात पेस गरे विद्यालय छोड्ने बताएका छन् । साहले भने राजन छराहाङ्गलाई १० लाख रुपैयाँ र उनले भनेका व्यक्ति पंकज गुप्तालाई १२ लाख रुपैयाँ गरी २२ लाख रुपैयाँ दिएको बताएका छन् । त्यस अनुसारको कागज समेत आफुसँग भएको उनको भनाई छ। लेनदेन पारदर्शी नहुँदा छाराहाङ्गले ६ लाख रुपैयाँ मात्रै दिएको बताउँदै आएका छन् । भने साहले २२ लाख रुपैयाँ बुझाईसकेको बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्