स्टाफ नर्स र बिएन नर्सिङ एउटै कलेजले पढाउन पाउने निर्णयले कोशीमा यी संस्थालाई राहात

स्टाफ नर्स र बिएन नर्सिङ एउटै कलेजले पढाउन पाउने निर्णयले कोशीमा यी संस्थालाई राहात

इन्दु साह
विराटनगर । पीसीएल नर्सिङ (स्टाफ नर्स) र ब्याचलर नर्सिङ (बिएन नर्सिङ) मध्ये एउटा मात्रै कार्यक्रम सञ्चालन गर्न पाउने प्रावधानलाई हटाएर दुवै पढाउन पाउने निर्णय भएपछि त्यसले विराटनगरका केहि शैषिक संस्थाहरुलाई राहत पुगेको छ । नर्सिङ शिक्षामा चिकित्सा शिक्षा ऐनले लगाएको अंकुशले विद्यार्थी र अभिभावकलाई असजिलो परिरहेको बेला सरकारले पुरानो प्रावधानलाई पुनः कार्यन्वयन सहज बनाउने निर्णय गरेको हो ।

एउटै कलेजले दुई वटा कार्यक्रम चलाउन छुट्टाछुट्टै एक सय बेडको अस्पताल बनाउनुपर्ने प्रावधानमा संशोधन गर्दै एउटै अस्पताल भएका शैक्षिक संस्थाले दुवै कार्यक्रम सञ्चालन गर्न पाउने निर्णय भएको छ । यस व्यवस्थाले कोशी प्रदेशमा आफ्नै अस्पताल भएका कलेजहरुले अब स्फाट नर्स, बीएस्सी नर्सिङ र बीएन नर्सिङ पढाउन पाउने भएका छन् । कोशीमा स्नातक तहका ४ वटा कलेजले बीएस्सी नर्सिङ र बीएन कार्यक्रम बन्द गरेका थिए । उनीहरुले बिएन छोडेर स्टाफ नर्स रोजेका थिए ।

नसिङ फेजआउट हुनु पहिले विराट हेल्थ कलेज, कोशि हेल्थ कलेज, बिराट मेडिकल कलेज, नोवेल मेडिकल कलेज ,वि.पि कोईरला स्वास्थ्य प्रतिस्ठान धरान लगायतका संस्थामा मात्र पि.सि.एल नसिङ र विएन नसिङ थियो । कोशी प्रदेशको हकमा यी कलेजमा मात्रै दुबै कार्यक्रम थिए । तर, नयाँ नियम लागु भएदेखि १०० शै्या भएको अस्पतालले मात्र कुनै एउटा कार्यक्रम राख्न पाउने भएका थियो ।

पाँचवर्ष देखि यी कार्यक्रम संचालन गर्न नपाएका संस्थालाई भने अब सहज भएको विराट हेल्थ कलेजका सञ्चालक राजन खत्रीको भनाई छ । स्टाफ नर्स, विएन नसिङ बिएसी नसिङको लागी केहि कुरा अनिवार्य हुनुपर्ने छ । अब आउने वर्षको भर्नादेखि सबै संस्थाले विएन, बिएस्सी नर्सिङ र स्टाफ नर्स लगायतको कार्यक्रम संचालन गर्न पाउने भएका हुन् ।

अहिले स्टाफ नर्स मात्रै पढाईरहेको न्युरो अस्पताल विराटनगर, शैलजा आचार्य, कोशी हेल्थ लगायत अन्य विभिन्न शिक्षण अस्पतालले सञ्चालन गरीरहेको छ । धरान, बिराट र नोवेल अस्पतालले बिएसी नसिङमा ४० जना विद्याथी राख्न पाउछन् । अन्य शिक्षण अस्पतालले ३० जना मात्र राख्न पाउछन् । यो निणर्यले राहत नदिएको भए अबको ५ वर्षमा नेपालकै अस्पतालमा नर्स अभाव हुने स्थिति र्सिजना हुने खत्रीको भनाई छ । नेपालको ६७ शिक्षण संथा बन्द हुदा यस्तो अवस्था हुने सम्भावना रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्