प्रदेश खेलकुद विकास बोर्ड सधैं विवादित : प्रशिक्षक नियुक्तिमा चलखेल आशंका, मुख्यमन्त्री कार्यालयको चासो

प्रदेश खेलकुद विकास बोर्ड सधैं विवादित : प्रशिक्षक नियुक्तिमा चलखेल आशंका, मुख्यमन्त्री कार्यालयको चासो

विराटनगर । कोशी प्रदेश खेलकुल विकास बोर्डले नियुक्ति दिने व्यक्ति पहिल्यै तयारी गरेर सुचना प्रकाशन गरेको आशंका उत्पन्न भएको छ । बोर्डले करारमा नियुक्ति गरेका प्रशिक्षक, पूर्व तयारीमा राखिएको विषय बाहिरीएपछि अहिले मुख्यमन्त्री कार्यालयले यसमा हस्तक्षेप बढाएको हो।

अनियमित तथा धाँदलिपूर्ण तरिकाले खेलकुद प्रशिक्षक छनोट गरिएको उजुरी मुख्यमन्त्री कार्यालयमा परेको छ । जसका आधारमा मुख्यमन्त्री कार्यालयले सामाजिक विकास मन्त्रालयलाई छानबिन समिति गठन गरी प्रतिवेदन बुझाउन निर्देशन गरेको छ । ‘प्रस्तुत विषयमा मिति २०८०।१२।१८ मा यस कार्यालयमा अनियमित तथा धाँधलीपूर्ण तरिकाले खेलकुद प्रशिक्षक छनोट गरिएको विषयको उजुरी परेको सन्दर्भमा तपसिल विषमा के भएको हो, त्यहाँ मन्त्रालयबाट एक छानबिन समिति गठन गरी ७ दिन भित्रमा स्पष्ट राय प्रतिक्रियासहितको प्रतिवेदन पेस गर्न हुन आदेशअनुसार अनुरोध छ । साथै छानबिन प्रतिवेदन पेस भई अन्तिम कारबाही नटुंगिएसम्मका लागि सो विषयमा भएका/गरेका काम कारबाहीहरू यथास्थितिमा राख्नहुन समेत अनुरोध छ’ सामाजिक विकास मन्त्रालयलाई मुख्यमन्त्री कार्यालयले पठाएको पत्रमा भनिएको छ ।

१५ खेलका १७ प्रशिक्षक नियुक्तिमा चलखेल गरेको शंका गर्ने आधार भेटेपछि मुख्यमन्त्री कार्यालयले सामाजिक विकास मन्त्रालयलाई आइतबार निर्देशन दिएको हो । नियुक्तमध्ये ११ जनाले भने पत्र बुझिसकेका छन् ।

बोर्डमा सदस्य सचिव हंसराज वाग्ले नियुक्त भएपछि अहिलेसम्म कुनैपनि कार्यक्रम विवादरहित हुन सकेका छैनन् । उनले गर्ने कुनैपनि कार्यक्रमको व्यवस्थापनमा आशंका सिर्जना हुने र विवादित हुने गरेका हुन् । उनले समेत पछिल्लो नियुक्ति प्रक्रिया नियमसङ्गत भएको दावी गर्दै आएका छन् । फुटवल खेलाडी दीपक लिम्बूलगायतका अन्य केही खेलाडीलाई प्रशिक्षक नियुक्ति गर्न भनिएको स्थानमा अन्य व्यक्तिलाई नियुक्त गर्दा रडाको मच्चाइएको आरोप लगाउँदै आएका छन् ।

प्रदेश खेलकुद बोर्डलाई प्रशिक्षक नियुक्तिका लागि मन्त्री परिषद्को बैठकले नै २१ लाख बजेट व्यवस्थापन गरेको थियो । ४२ जनालाई ६ महिनाका लागि नियुक्त गर्न प्रदेश सरकारसँग ९६ लाख रुपैयाँ माग गरिएकोमा २१ लाख दिएपछि मासिक ३० हजार दिने १७ प्रशिक्षक करारमा नियुक्ति प्रक्रिया बढाइएको वाग्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्