तेह्रथुममा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

तेह्रथुममा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

तेह्रथुम । तेह्रथुमको म्याङ्लुङ नगरपालिका-६ स्थितमा आफ्नै श्रीमानले धारीलो हतियार सिकल प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

सोमबार साँझ पौने ७ बजे ४६ वर्षीय दिपक लिम्बूले घरायसी वाद विवादको क्रममा ५४ वर्षीया श्रीमती सुवास कुमारी लिम्बूलाई सिकल प्रहार गर्दा उनको घटना स्थलमा नै मृत्यु भएको हो ।

श्रीमतीको हत्या गर्ने दिपक लिम्बूलाई तत्काल जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी नायव उपरीक्षक रन्जन कुमार दाहालसहितको प्रहरी टोलीले घटनास्थलबाटै पक्राउ गरेको छ । मृतक लाशलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाईएको छ भने घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्