नाबालिकालाई वेश्यावृत्तिमा लगाउने खाजाघरका संचालक पक्राउ

<span class='c1'>नाबालिकालाई वेश्यावृत्तिमा लगाउने</span> <span class='c2'>खाजाघरका संचालक पक्राउ</span>

काठमाडौं । नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा एक युवकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ स्थित ‘लाफा’ नाम गरेको खाजाघरका संचालक काठमाडौं बालाजु बस्ने उदयपुरगढी गाउँपालिका–६ घर भएका २३ वर्षीय नविन कुमार मगर रहेका छन् ।

उक्त खाजाघरमा बालिकाहरूलाई विभिन्न डरत्रास र प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले नविन कुमारलाई पक्राउ गरेको हो । साथै उक्त खाजाघरबाट एक जना बालिकाको समेत प्रहरीले उद्दार गरेको छ । उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्